भोली देखी दोलखामा मास्क नलगाई हिड्डुल गरेमा जरिवानामा पर्नुहोला है

चरिकोट (दीस)– मास्क नलगाई भोली देखी दोलखामा हिड्नु भयो भने तपाई १ सय रुपैँया जरिवानामा पर्न सक्नुहुनेछ । मास्क नलगाई घरबाट बाहिर निस्केर हिड्डुल गरेमा दोलखा प्रहरीले तपाईलाई भोलीदेखी जरिवाना गर्ने बताएको छ । आज दोलखाका सरकारी अधिकारीले सदरमुकाम चरिकोटमा मास्क लगाउनु पर्ने अभियान अन्र्तगत बजार हिडडुल गर्ने सर्बसाधारणलाई मास्क विबतरण गरेका थिए । जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डे , प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा , प्रहरी प्रमुख रेवती रमण पोखरेल , स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु झा ,नेपाली सेना तथा शसस्त्र प्रहरी , प्रहरी तथा अन्य सरकारी अधिकारीहरुले मास्क बाड्ने अभियान सहभागि थिए । भोली देखी सवैलाई मास्क लगाएर हिड्नुहोस भनेर यो अभियान थालनी गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । भोली देखी मास्क नगाई हिडेमा प्रहरीले जरिवाना गर्ने पनि शर्माले जानकारी दिए ।

Shares

Be the first to comment on "भोली देखी दोलखामा मास्क नलगाई हिड्डुल गरेमा जरिवानामा पर्नुहोला है"

Leave a comment

Your email address will not be published.


*