भोलिदेखि दोलखामा ‘भेरोसिल’ खोप अभियान

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २५
दोलखामा कोभिड बिरुद्धको भेरोसिल नामक खोपको पहिलो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार ६३ र ६४ वर्ष उमेर समुहका नागरिकलाई २६ गतेदेखि ३० गतेसम्म खोप दिइने तयारी गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पत्र तथा प्रमुख जिल्ला जिल्ला खोप समन्वय एवं अनुगमन समितिको निर्णयानुसार लक्षित समुह निर्धारण गरी भेरोसिलको पहिलो मात्रा लगाउने तयारी थालिएको बताइएको छ । कोरोनालाई मध्यनजर गरी उच्च सावधानीका साथ सम्बन्धित पालिकाले तोकेको स्थान अथवा खोप केन्द्रमा गई लक्षित समुहले खोप लगाउन पाउने स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले बताए । चिन सरकारले अनुदान स्वरुप उपलब्ध गराएको सो खोप कोरोना विरुद्धको युद्धमा प्रभावकारी रहेकोले ढुक्क भएर लगाउन उनले अनुरोध गरे । खोप लगाउन आउँदा नागरिकता, उमेर खुल्ने सरकारी कागजात वा उमेर खुल्ने वडाको सिफारिस लिएर आउनुपर्ने छ । खोप अभियान भीमेश्वर नगरपालिका विगु, मेलुङ, कालिन्चोक र शैलुङ गाउँपालिकामा २६ र २७ सञ्चालन हुने छ । त्यस्तै जिरी नगरपालिका, तामाकोशी, बैतेश्वर र गौरीशंकर गाउँपालिकामा २९ र ३० गते खोप अभियान सञ्चालन हुने बताइएको छ । कार्यालयले एक सूचना जारी गर्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई अभियान सफल बनाउन आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको छ ।
खोप लगाउन चाहने बढे
अहिले विश्वव्यापी रुपमा शक्तिशाली बनेर फैलिएको कोरोनाले नेपालका सम्पुर्ण क्षेत्रलाई तहसनस  बनाएको छ । अहिले यसको न्युनिकरण तथा नियन्त्रणको उपायस्वरुप निषेधाज्ञा जारी गरिएको छ । यद्यपी पनि संक्रमित दिनानुदिन थपिरहँदा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रमुख अस्त्र ठानिएको निषेधाज्ञाले काेराेना सर्ने दर कम हुदै गएकाे छ  । सबै नागरिकलाई कोभिड विरुद्धको खोपको मात्रा लगाई जनजीवन सामान्य बनाइनुपर्ने सर्वत्र आवाज उठ्न थालेको छ ।  खोपको आकाङ्क्षीहरु बढेका छन् ।

Shares

Be the first to comment on "भोलिदेखि दोलखामा ‘भेरोसिल’ खोप अभियान"

Leave a comment

Your email address will not be published.


*