भैरव कुमारी घर निर्माण, जात्रा निकाल्न सहज हुने

दीक्षण समाचार
चरिकोट, साउन २१
दोलखाको भीमेश्वर नगरपालिका वडा नं २ स्थित ऐतिहासिक र प्राचिन बजार दोलखामा भैरव कुमारी भवन पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ को भूकम्पका कारण क्षति पुगेको भवन पनुर्निर्माण भएसँगै पत्येक वर्ष भैरवकुमारीको जात्रा निकाल्न सहज हुने भएको छ । कुमारी भवन निर्माणको लागि वडा र सरोकारवालाहरुको पहल गरेका थिए । अहिले पुरातात्विक कलाकौशल र महत्व झल्किने गरी पुनर्निर्माण भएको उक्त भवन आकर्षक बनेको छ । २०७७ देखि निर्माण सुरु भएको भैरव कुमारीको भवन करिब ८० लाख लागतमा पुनर्निर्माण सम्पन्न भएको हो । पूर्व वडाध्यक्ष विराजमान श्रेष्ठको पहलमा १७ लाख, समाजसेवी लक्ष्मण श्रेष्ठबाट दश लाख, भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिबाट तीन लाख भवन निर्माणको लागि रकम प्राप्त भएको थियो । यस्तै स्थानीय र भक्तजनको सहयोगमा प्राप्त रकम भवन निर्माण खर्च गरिएको भवन निर्माण समितिका सचिव सुरेश श्रेष्ठले बताउनुभयो । भवन निर्माण सम्पन्न भएसँगै केहि दिन अघि विधिवत पुजा सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर र उपप्रमुख कमला बस्नेतको सहभागितामा विषेश पूजा गरिएको हो । भवनको मुलढोकामा गणेश बहादुर श्रेष्ठ, आनन्दमान प्रधान र यज्ञबहादुर प्रधान र प्रदिप सापकोटाको संयुक्त विधिविधान अनुसार पुजा सम्पन्न भएको बताइएको छ । प्रत्येक वर्ष सोही भवनबाट भैरव कुमारी निकाल्ने परम्परा रहेको छ । तर भुकम्पको कारण क्षतिग्रस्त जीर्ण भवनबाट जात्रा निकाल्न डर थियो । भवन निर्माण भएसँगै अब भने सहज हुने पुर्व वडाध्यक्ष विराजमान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष गाईजात्रा सक्किएपछि भवनबाट भैरवकुमारीको जात्रा निकालिन्छ । सो जात्रा पाँच रात सम्म सञ्चालन हुने गरेको छ ।

Shares

Be the first to comment on "भैरव कुमारी घर निर्माण, जात्रा निकाल्न सहज हुने"

Leave a comment

Your email address will not be published.


*