भेरोसिल खोप लगाउन दोलखामा २७ वटा खोप केन्द्र

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २५
दोलखामा कोभिड विरुद्ध भेरोसिल खोप भोलीदेखि ३० गतेसम्म लगाइदैँ छ । चिन सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोपको पहिलो मात्रा ६३ र ६४ वर्षका जेष्ठ नागरिकलाई लगाइने भएको हो । स्वास्थ्य कार्यालयका अनुसार भीमेश्वर नगरपालिका विगु, मेलुङ, कालिन्चोक र शैलुङ गाउँपालिकामा २६ र २७ गते लगाइने छ । त्यस्तै जिरी नगरपालिका, तामाकोशी, बैतेश्वर र गौरीशंकर गाउँपालिकामा २९ र ३० गते खोप दिइने बताइएको छ ।
कहाँ कहाँ तोकिए खोप केन्द्र
लक्षित समुहलाई पायक पर्ने गरी प्रत्येक पालिकामा ३–३ वटा गरी जिल्लामा कुल २७ वटा खोप केन्द्र निर्धारण गरिएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार सबैभन्दा बढी स्वास्थ्य चौकीलाई खोप केन्द्र बनाइएको छ भने अस्पताल र विद्यालयलाई पनि खोप केन्द्र निर्धारण गरिएको छ । भीमेश्वर नगरपािलकामा चरिकोट अस्पताल, बोच स्वास्थ्य चौकी र दोलखा स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ । जिरी नगरपालिकामा ठुलो पातल स्वास्थ्य चौकी, श्यामा स्वास्थ्य चौकी र जिरी अस्पताल, कालिन्चोक गाउापालिकामा बाबरे स्वास्थ्य चौकी, सुनखानी स्वास्थ्य चौकी, लापिलाङ स्वास्थ्य चौकीलाई खोप केन्द्र बनाइएको छ । विगु गाउँपालिकाको बुलुङ स्वास्थ्य चौकी, महादेव स्थान मििन्दर, ल्याङ्बा बजार, सिंगटी अस्पताल विगु ४, शैलुङ गाउँपालिकामा बाघखोर स्वास्थ्य चौकी, फस्कु स्वास्थ्य चौकी र भुसाफेदा स्वास्थ्य चौकी, मेलुङ गाउँपालिकामा पवटी स्वास्थ्य चौकी, भेड्पु स्वास्थ्य चौकी र मेलुङ स्वास्थ्य चौकीबाट खोप सेवा लिन सक्ने छन् । यसैगरि बैतेश्वर गाउँपालिकामा काभ्रे स्वास्थ्य चौकी, नाम्दु स्वास्थ्य चौकी र जनज्योति मावि, तामाकोशी गाउँपालिकामा झुले स्वास्थ्य चौकी, जफे स्वास्थ्य चौकी र च्यामा स्वास्थ्य चौकी, गौरीशंकर गाउँपालिकामा सा. स्वा. इकाई गुरुम्फी, आ. स्वा. केन्द्र झ्याँकु जगत स्वास्थ्य चौकी खारेलाई खोप केन्द्र निर्धारण गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले केन्द्रमा खोप लगाउन आउँदा नागरिकता, उमेर खुल्ने सरकारी कागजात वा उमेर खुल्ने वडाको सिफारिस साथमा लिएर आउनुपर्ने बताए । खोप केन्द्रमा १ जना खापे कार्यकर्ता र आवश्यकता अनुसार स्वयम सेवक परिचालित हुने छन् । खोप प्रत्येक पालिकामा पुगिसकेको स्वास्थ्य कार्यालयल जनाएको छ ।

Shares

Be the first to comment on "भेरोसिल खोप लगाउन दोलखामा २७ वटा खोप केन्द्र"

Leave a comment

Your email address will not be published.


*