भेरोसिल खोपकाे पहिलाे मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्रा दोलखामैँ लगाइने

दीक्षण दैनिक
चरिकोट, जेठ ६
कोभिड १९ बिरुद्धको भेरोसिल खोपको पहिलो मात्रा अन्यत्र जिल्लामा लगाएर दाेलखा फर्किएकाहरुले दोस्रो मात्रा यहीँ लगाउन पाउने भएका छन् ।
काठमाडौँ उपत्यका लगायतका स्थानमा रहँदा भेराेसिल खाेपकाे पहिलो मात्रा लगाएका तर निषेधाज्ञा लगायतका कारण फेरी साेही स्थानमा गएर दोस्रो मात्रा लगाउन सम्भव नभएका व्यक्तिहरुले दोस्रो मात्रा जिल्लामैँ लगाउन पाउने भएका हुन् । स्वास्थ्य कार्यालय दोलखाले आज एक सूचना जारी गर्दै भेरोसिल खोपको दोस्रो मात्रा जिल्लामै दिन सम्बन्धित निकायसँग पहल र समन्वय भईरहेको जनाएको छ । खोप लगाएका नागरिकहरुले खोप कार्डसहित आफू रहेको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी आफ्नो विवरण टिपोट गराउन सूचित गराइएको छ । स्वास्थ्य शाखाले संकलित लगतको आधारमा खोपको दोस्रो मात्रा लगाउन योग्य व्यक्तिहरुको संख्या यकिन गरी स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन समेत सूचनामा उल्लेख गरिएको छ । त्यसपछि सरकारको निर्णय अनुसार खोप लगाउन सुरु गरिने कार्यालयले जनाएको छ । चीनमा उत्पादित भेरोसिल खोप लगाउने अभियान चैत २५ देखि सुरु गरिएको थियो । उक्त अभियान काठमाडौँ उपत्यकाका ३ जिल्ला सहित काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लामा सञ्चालन गरिएको थियो । जसमा खोप अभियान सञ्चालन भएका जिल्लामा रहने दोलखाका नागरिकहरुले पनि खोप लगाएका थिए । दोलखामा भेरोसिल खोपको पहिलो मात्रा लगाउने अभियान हालसम्म पनि सञ्चालन नभएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जून पौडेलले बताए ।

 

Shares

Be the first to comment on "भेरोसिल खोपकाे पहिलाे मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्रा दोलखामैँ लगाइने"

Leave a comment

Your email address will not be published.


*