भेडा प्रर्वद्धन कार्यक्रममा तामाकोसी गाउँपालिकामा ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन

इश्वर बिश्वकर्मा चरिकोट,  –दोलखाको तामाकोशी गाउँपालिकाले भेडा प्रर्वद्धन कार्यक्रम शिर्षकमा चालु आवको लागि ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले थुमा वितरण शिर्षकमा १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटले कृषकहरुलाई अनुदानमा प्रजनन्का लागि थुमा वितरण गरिने पालिकाका पशु चिकित्सक कुश बहादुर जिरेलले बताए । भेडा पालन गर्न इच्छुक तथा भेडा पालनमा आबद्ध रहेका किसानलाई व्यवसायिक भेडा पालन सम्बन्धी १ पटक तालिम आयोजना गरिने र सोको लागि १ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए । त्यस्तै भेडामा लाग्ने रोग तथा परजीवि नियन्त्रणका लागि २ पटक कार्यक्रम गर्नका लागि ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै भेडाको उन काट्नको लागि कैँची वितरण गरिने जनाइएको छ । जसको लागि ५० हजार रुपैयाँ विनियोजन गरिएइको पशु चिकित्सक जिरेलले बताए । पालिकाको झुले, च्याँमाको लगायतका क्षेत्रमा भेडा पालन हुने गरेको छ । उक्त क्षेत्रमा भेडापालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउने गरी कार्यक्रम सञ्चालन गरिने पालिकाले जनाएको छ । भेडा चारखुट्टे घरपालुवा जनावर हो । भेडाको रौं अर्थात् उनबाट कम्बल, राडी, स्विटर जस्ता कपडाहरू बनाइन्छ । भेडा मासु र उनको प्रयोगमा आउँछ ।

Shares

Be the first to comment on "भेडा प्रर्वद्धन कार्यक्रममा तामाकोसी गाउँपालिकामा ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन"

Leave a comment

Your email address will not be published.


*