भुजेलद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

राजकुमार भुजेल
चरिकोट, मंसिर २४
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ उखुबारी स्थित विरेन्द्र आविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । उखुबारीका विक्रम भुजेलले शुक्रबार विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) वितरण गर्नु भएको हो । विद्यार्थीहरुलाई जाडो छल्न सहज होस् भनेर कपडा सहयोग गरिएको भुजेलले बताउनु भयो । उखुबारी जन्मथलो भएका भुजेल लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ । आफु टाढा रहेपनि आफ्नो जन्मभूमिको मायाले समयसमयमा नेपाल आएर सामाजिक कार्य गर्ने गरेको उहाँको भनाइ छ ।

Shares

Be the first to comment on "भुजेलद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण"

Leave a comment

Your email address will not be published.


*