भुकम्पपछि चुलिएको व्यापार कोरोनाले खस्कियो

इश्वर बिश्वकर्मा चरिकोट, –दोलखाको भीमेश्वर नगरपालिकाका वडा नं. ४ स्थित जिलुका कृष्ण बहादुर बिश्वकर्माले स्थानीय स्तरमा पाइने निगालोबाट विभिन्न सामग्री निर्माण गर्ने गरेका छन् । कृषि, पुर्वाधार निर्माण र घरायसी प्रयोजनको लागि आवश्यक पर्ने आकर्षक डोको, डालो, धुन्से, भकारी, नाङ्लो लगायतका साामाग्री बिश्वकर्माले निर्माण गर्दै आएका छन्। यहि पेशा बिश्वकर्मा परिवारको जीविकोपार्जनको मुख्य स्रोत हो । २०७२ को भुकम्पपछि भुकम्प प्रतिरोधी निजी आवास निर्माणका लागि डोको, धुन्से आवश्यक पर्ने भएकोले त्यस्ता सामग्री अत्याधिक बिक्री भए । जसले गर्दा उनले गत बर्षको फागुन सम्ममा घरमै बसी डोको धुन्से निर्माण गरि त्यसको बिक्रीबाट लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका थिए । चोयाबाट निर्मित सामग्री बेचेको पैसा र सरकारको अनुदानबाट उनले भुकम्प प्रतिरोधी घर निर्माण गरेका छन् ।

तर गत वर्ष २०७६ को फागुन लागेसँगै कोरोनाको चर्चा चल्न थाल्यो । नभन्दै नेपालमा पनि महामारीको रूपमा कोरोना भाइरस फैलिन सुरु गर्यो । जसले गर्दा विभिन्न उद्योगधन्दा धरासायी बन्न थालेका छन् । कतिले त रोजगारी समेत गुमाएका छन् । त्यसैगरी घरमै बसी सानो लगानीमा उत्पादन गरिएको चोयाका सामाग्री बिक्रीमा समेत कोरोनाले प्रभाव पारेको छ । त्यस्ता सामग्री बिक्रीमा गिरावट आउन थालेसँगै कृष्ण बहादुरसहित उनका परिवारको सदस्य पनि कामविहीन बन्न थालेका छन् । “भुकम्प गएको ५ बर्ष सम्म नयाँ घर बनाउने क्रम बढेको थियो ।“ उक्त समयको स्मरण गर्दै उनले भने “त्यो बेला बालुवा गिट्टी र इटा बोक्ने धुन्से वेचेरै मनग्य आम्दानी भएको थियो । तर कोरोना आएपछि त व्यापार चौपट भएको छ ।“कोरोना अघि घरमै गाडी लिएर उच्च मूल्यमा धुन्से र डोको किनेर लान्थे । तर अहिले त त्यस्तो नभएको उनि गुनासो गर्छन् । पहिले कमाएको पैसा घर निर्माणमा खर्च भएको र यो समय चोयाका सामाग्री बिक्री नहुँदा घरधन्दा चलाउन पनि मुस्किल पर्ने अवस्था आएको बिश्वकर्माले बताएका छन् । ूकमाउने कोही छैन् डोको, डालो बुनेर नै छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलेको थियो तर अब त कठिन दिन आउन थाल्यो ।

“ त्यस्तै भीमेश्वर नगरपालिकाका वडा नं. ५ धरमघरका शम्भु विश्वकर्माको पनि आयआर्जनको स्रोत डोकोधुन्से हो । तर अहिले उनको पनि कृष्ण बहादुरको झैं अवस्था बन्दै गएको छ। “सामान बिक्री हुन छाड्यो । त्यसैले पेशा नै संकटमा पर्न थालेको छ ।“ उनले भने “ पहिलेको जस्तो सामान बेच्न गाउँबजार डुल्ने अवस्था छैन् । घरमा ग्राहक आउन पनि छाडेका छन् ।भुकम्पपछिको ५ बर्ष व्यापार चुलिएको थियो । उक्त समय डोको धुन्से बनाउने सीप भएकोले त्यसको प्रयोग गरी मनग्य आम्दानी गरेका थिए । तर अहिले कोरोनाको कारण बिक्री हुन छाडेकोले यो पेशाबाटै सबै जना विस्थापित हुने अवस्थामा पुगेको शम्भुले बताए । “ हार्डवेयर सञ्चालक र बिक्रेताले पनि अहिले डोको धुन्सेको माग गर्दैनन् ।“ उनले भने “ उनिहरुको पसलैमा लगेपनि कतिले त राख्नै मान्दैन्न् । राखेपनि कम पैसा दिन्छन् ।“ पछिल्लो समय कोरोनाको कारण बाँस निगालाबाट बनेका सामग्री बजारमा बिक्री हुन छाडेसँगै यो पेशासमेत संकटमा पर्दै जान थालेको छ ।पेशा संकटमा परेपछि बाँस निगालाबाट विभिन्न सामग्री बनाएर बिक्री गर्ने व्यक्तिहरु वैकल्पिक पेशा खोज्न थालेका छन् ।

Shares

Be the first to comment on "भुकम्पपछि चुलिएको व्यापार कोरोनाले खस्कियो"

Leave a comment

Your email address will not be published.


*