भुकम्पपछिको निजी आवास पुर्ननिर्माण ८० प्रतिशत

दोलखा, २९माघ

इश्वर विश्वकर्मा
दोलखामा निजी आवास ८० प्रतिशत पुर्ननिर्माण भएको छ । विनासकारी भुकम्पले भत्केका घरहरुको निजी आवास तर्फ ३ वर्षमा यि घर पूरा भएका हुन् । अब २० प्रतिशत मात्र निजी आवास निर्माण हुन बाँकी छन् ।
निजी आवास पुर्ननिर्माणका लागि नेपाल सरकारले राष्ट्रि पुर्न निर्माण प्राधिकरण गठन गरी पुर्न निर्माणको काम गर्दै आएको छ । सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा निजी आवास निर्माण कार्य जारी छ ।
राष्ट्रिय पुर्न निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ दोलखाका अनुसार माघ तेस्रो सातासम्म ४५ हजार २६७ निजी आवास निर्माण पूरा गरी तेस्रो किस्ता अनुदान समेत लिइ सकेका छन् । त्यसैगरी जग हालेर ५२ हजार ७७२ जनाले दोस्रो किस्ता लिएका छन् ।
जिल्ला कार्यान्वयन इकाइ दोलखाका कम्प्युटर अपरेटर टिका जोशीका अनुसार ६४५९१ जनाले पहिलो किस्ता लिएका छन् ।उनका अनुसार भुकम्प प्रतिरोधी घर बनाउन पहिलो किस्ता प्राप्त गर्ने ९० प्रतिशत दोस्रो किस्ता प्राप्त गर्ने ६९ प्रतिशत र तेस्रो किस्ता प्राप्त गर्ने ६८ प्रतिशत रहेको छ ।
दोलखामा जम्मा लाभग्राही संख्या ७१ हजार ८४६ जना रहेका छन् । जसमध्ये सर्वेक्षणबाट पहिचान भएका लाभग्राही ५१ हजार ९४० जना छन् । गुनासोपछि थप भएका लाभग्राही १७ हजार ६६८ जना र प्रबलीकरणमा परेका लाभग्राही २ हजार २३८ रहेका छन् । तर ढुङ्गामाटोको कच्ची भत्केको घरलाई समेत प्रबलीकरणमा राखेपछि केही लाभग्राहीहरुले पनि पुनः गुनासो गरेका छन् । निर्माण भएका निजी आवास मध्ये २ हजार ६१ जनाको गैससहरुको सहयोगमा निर्माण भएको पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । अनुदान सम्झौता गरे तापनि ९ जनाले भने अनुदान फिर्ता गरेका छन् ।

Shares

Be the first to comment on "भुकम्पपछिको निजी आवास पुर्ननिर्माण ८० प्रतिशत"

Leave a comment

Your email address will not be published.


*