भीरबाट लडेर एकको मृत्यु

दोलखा : दोलखाको उत्तरी दुर्गम कालिञ्चोक गाउँपालिकास्थित भैंसे भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । कालिन्चोक गाउँपालिका–१, तारेभीरस्थित भैंसभीरमा घाँस काट्न गएकी १७ वर्षीय चिनिमाया तामाङको लडेर मृत्यु भएको पिता रामबहादुर तामाङले बताए ।

उनका अनुसार बिहीबार बिहान खाना खाएर खरको घाँस काट्न गएकी तामाङको करिब ११ बजे भीरबाट लडेर मृत्यु भएको हो । उनले प्रहरीलाई शुक्रबार बिहान मात्र टेलिफोन गरी जानकारी गराएको दोलखाका प्रहरीको सूचना अधिकृत एवम् प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए । थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी टोली खटिएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको सूचना अधिकृत महतले जानकारी दिए ।

Shares

Be the first to comment on "भीरबाट लडेर एकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*