भीरकोटको साततले भीरबाट खस्यो सुख्खा पहिरो, जोखिममा ११ घर

दीक्षण समाचार
चरिकोट, भदौ २०
दोलखाको तामाकोशी गाउँपालिका वडा नं. १ भीरकोट स्थित माझीगाउँ माथीको सात्ततले भीरबाट सुख्खा पहिरो खसेको छ । त्यसबाट कुनै क्षति नभएपनि पहिरो झर्ने क्रम जारी रहेकोले जोखिम भने उच्च रहेको वडाध्याक्ष वसन्त बहादुर थापा क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार करिब तीन सय मिटर अग्लो भीरबाट आज बिहानैदेखि पहिरो खस्न थालेको हो । पहिरो अहिले पनि झरिहेकोले सम्भावित क्षतिबाट बच्न जोखिममा परेका ११ घरपरिवार भने आफ्नो घर छाडेर छिमेकी र स्थानीयको घरमा आश्रय लिन बाध्य भएका छन् ।
जोखिमयुक्त बस्तीलाई तत्काल स्थानान्तरण गर्न आवश्यक रहेको वडाध्यक्ष थापाले बताउनु भयो । जोखिममा परेको बस्तीलाई कहाँ स्थानान्तरण गर्ने विषयमा सरोकारवाला सहितको छलफलपछि निर्णय लिइने उहाँले सुनाउनु भयो । “पहिरो रोकिएको छैन । अझै गइरहेको छ । पानी परेको बेला पहिरोले भिषण रुप लिन सक्ने आंकलन गरिएको छ । यसले गर्दा बस्तीमा उच्च जोखिम भएको छ ।” उहाँले भन्नुभयो । अहिले आफू पनि पहिरोको निरीक्षणमा रहेको र प्रहरी समेत खटिएको उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "भीरकोटको साततले भीरबाट खस्यो सुख्खा पहिरो, जोखिममा ११ घर"

Leave a comment

Your email address will not be published.


*