भीमेश्वर ९ तथा गौरिशङ्कर ८ का स्थानीयलाई मौरीघार वितरण

नवराज शिवाकोटी,चरिकोटः भीमेश्वर नगरपालिका वडा नम्बर नौ र गौरिशङ्कर गाउँपालिका वडा नम्बर आठका स्थानीयहरुलाई पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन आयोजनाल मौरी घार वितरण गरेको छ । स्थानीयहरुको आयआर्जन र रोजगारीमा सहयोग पु¥याउने उद्देश्यले आयोजनाले मौरी सहितको घार वितरण गरेको हो ।
ईविएको “समुदायको जीविकोपार्जन योजना” अन्तर्गत जलवायु संकटासन्न समुदायको जिविकोपार्जन सुधारका लागि चालु आर्थिक वर्षमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर नौ को भण्डारेका स्थानीयहरु तथा गौरिशङ्कर गाउँपालिका वडा नम्बर आठ को छेसाखारेका स्थानीयहरुलाई कुल दुइसय उनान्चास मौरीसहितका घार उपलब्ध गराइएको पारिस्थितीकीय प्रणालीमा आधारित अनुकुलन आयोजना (ईविए क्ष्क्ष् ) का दोलखा जिल्ला संयोजक विनोद थापाले बताउनु भयो । मौरीपालकहरुलाई मौरीपालन सम्बन्धी आवश्यक तालिम समेत दिई मौरीघार वितरण गरिएको संयोजक थापाको भनाई छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर नौ का ६० घरधुरीलाई १५९ तथा गौरिशङ्कर गाउँपालिका वडा नम्बर आठ का ४५ घरधुरीलाई ९० वटा मौरीघार उपलब्ध गराइएको पारिस्थितीकीय प्रणालीमा आधारित अनुकुलन आयोजना (ईविए क्ष्क्ष् ) दोलखाले जनाएको छ ।
जिकोपार्जन सुधार कार्यक्रम अन्तर्गत नैं ब्यावसायिक तरकारी खेती गर्न तालिम सहित कालिञ्चोक गाउँपालिका वडा नम्बर छ का स्थानीयहरुलाई १६ वटा तथा पाँचका स्थानीयहरुलाई १५ वटा प्लास्टिक टनेल वितरण गरिएको इविए दोलखाले जनाएको छ । साथै जिरी नगरपालिका वडा नम्बर पाँचमा ३३ वटा तथा शैलुङ गाउँपालिका वडा नम्बर चारमा ५० जना कृषकलाई प्लाष्टिक टनेल उपलब्ध गराइएको छ । यस्तै जिरी नगरपालिका वडा नम्बर पाँचमा अल्लो प्रशोधन सम्बन्धी तालिम सहित अल्लो प्रशोधन गर्ने मेसिन प्रदान गरिएको आयोजनाले जनाएको छ ।
परिस्थितिय प्रणालीमा आधारित अनुकूलन आयोजना अन्तर्गतका कार्यक्रमहरु दोलखा जिल्लाका पाँचवटा स्थानीय तहहरुका ६ वटा वडाहरुमा संचालित रहेको छ । जिल्लाका गौरिशंकर गाउँपालिका को वडा नम्बर आठ, जिरी नगरपालिका वडा नम्बर पाँच, भीमेश्वर नगरपालिका वडा नम्बर नौ, शैलुङ गाउँपालिकाको वडा नम्बर चार तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर पाँच र ६ मा संचालनमा रहेको छ । यो कार्यक्रम सन २०१९ देखि संचालन भईरहेको जिल्ला संयोजक विनोद थापाले बताउनुभयो । कार्यक्रम लागु भएका वडाहरुमा आवश्यकताको आधारमा संरक्षण पोखरी निर्माण, फिल्टरिंग ड्याम, गह्रा सुधार, वर्षाको पानी संकलन, नदी किनार संरक्षण, वन क्षेत्रको पुनस्र्थापना तथा बृक्षरोपण, वन कार्ययोजना निर्माण, जीविकोपार्जन योजना तयारी तथा कार्यन्वयन, लैङ्गीक समानता , सामाजिक समावेशीता, सुसाशन जस्ता क्षेत्रमा काम भइरहेको संयोजक थापाको भनाई रहेको छ ।

Shares

Be the first to comment on "भीमेश्वर ९ तथा गौरिशङ्कर ८ का स्थानीयलाई मौरीघार वितरण"

Leave a comment

Your email address will not be published.


*