भीमेश्वर १ को हत्या प्रकरण ः आरोपित सार्बजनिक

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पा क्षमावतिका ७७ बर्षिय बृद्धलाई आफैले दिएको ऋणले ज्यान लिएको छ । सो वडाका ५२ बर्षिय गणेश घिमिरेले करिब एक बर्ष अगाडी दुुई लाख रुपैयाँ लिएको ऋण मुक्त हुने आसमा सोही वडाका ७७ बर्षिय झिलक बहादुर बिश्वकर्माको हत्या गरेको रहस्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले बिहिबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार बिश्वकर्माले दिएको ऋण नर्तिने नियतका साथ घिमिरेले विश्वकर्मालाई हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । एक बर्ष अगाडी घिमिरेले विश्वकर्मासँग घरायसी कामका लागि ऋण लिएका थिए ।
जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी प्रमुख डिएसपी युवराज खड्काका अनुसार गत १९ गते साँझ स्थानीयले बृद्ध बिश्वकर्मा घरमा नभएको र दुुई तिन दिन देखि ढोका नखुुलेको र गाई बाख्रा भोकै कराईरहेको भनी प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली सहित स्थानीयले खोजी कार्य तीब्रता दिएको थियो । सुरुमा हराएका विश्वकर्माको घरमा स्थानीय जनप्रतिनिधि तथा स्थानीयहरुले घरको ताल्चा फुटाई खोजी गर्दा पनि विश्वकर्मालाई सुरुमा फेला पार्न सकेका थिएनन्। बेपत्ता विश्वकर्माको स्थानीय सहित प्रहरीले खेजी तीब्र बनाएपछि २० गते मात्र विश्वकर्माको शव आफ्नै घरमुनि फेला परेको थियो । बेवारिसे अबस्थामा फेला परेको शवमा ढुंगाले थिचेको अवस्थामा भेटिएको थियो । शव नजिकै हत्या गर्न प्रयोग गरिएको हम्मर समेत प्रहरीले फेला पारेको थियो । सोही हम्मरबाट प्रहरीले सो घटनाको अनुसन्धान गरेको थियो । बाटोमा हिडिरहेका बिश्वकर्मालाई घिमिरेले हम्मरको प्रयोग गरी पछाडिबाट हिर्काएका थिए । हम्मरले हानेर विश्वकर्मा ढलेपछि ढुुङ्गाले थिचेर मारेको घिमिरेले प्रहरीलाई प्रारम्भीक बयान दिएको प्रहरीको भनाई रहेको छ । हत्यामा पछि घिमिरे सोही राति ९ बजे काठमाडौं फरार भएका थिए ।उनले परिवारलाई समेत जानकारी नगराई काठमाडांै गएका थिए । काठमाडांै हाँडिगाउँ डेरा गरि बस्ने घिमिरे देवालीका लागि घर आएका थिए । घर आएको बेला विश्वकर्माको हत्या गरेर भागेको खुल्न आएको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । हत्यामा संलग्न घिमिरेलाई २३गते बुधबार राति काठमाडौंबाट पक्राउ गरेको थियो । काठमाडांैमा पक्राउ परेका घिमिरेलाई प्रहरीले दोलखा ल्याई बिहिवार दोलखामा सार्वजनिक गरेको हो  । हत्यामा संलग्न रहेका घिमिरेलाई दोलखा जिल्ला अदालतबाट ज्यान सम्बन्धि कसुरमा ५ दिनका लागि म्याद थप गरि अनुुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर १ को हत्या प्रकरण ः आरोपित सार्बजनिक"

Leave a comment

Your email address will not be published.


*