भीमेश्वर सामुदायिक सिकाइ केन्द्रका महिलाहरु आयमुलक क्षेत्रमा संलग्न

ईश्वर बिश्वकर्मा

चरिकोट, फागुन १५
दोलखा भीमेश्वर नगरपालिका वडा नं २ मा रहेको भीमेश्वर सामुदायिक सिकाइ केन्द्रका महिलाहरु आयमुलक क्षेत्रमा संलग्न भएका छन् ।
सिकाई केन्द्रमा आबद्ध करिब ४० भन्दा बढी महिलाहरु आयमुलक क्षेत्रमा संलग्न भएका हुन् ।
केन्द्रमा आबद्ध १० वटा समुह रहेको छ । समुहले तरकारी खेती, कुखुरा पालन, बाख्रा पालन, सिलाइबुनाइ लगायतको आयमुलक क्षेत्रमा संलग्न भएको केन्द्रले जनाएको छ ।
केन्द्रले विभिन्न संघसंस्थासँगको समन्वयमा विभिन्न तालिमको व्यवस्था गर्ने गरेको छ । तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै महिलाहरुले आयमुलक कार्यमा सरिक भएका हुन् ।
केन्द्रको सेतीदेवी कृषि समुहकी अध्यक्ष सुस्मा पराजुलीले केन्द्रमा मार्फत् बाख्रा पालन, कखुरा पालनका लागि सहयोग भएपछि समुदायका मानिसहरु आर्कषित भएका छन् । केन्द्रले नै उत्पादन भएका पशुहरु बिक्रीका लागि पनि सहजीकरण गर्ने गरेकोले धेरै महिलाहरु बाख्रा र कुखुरा पालनतिर लागि आत्मनिर्भर बनेको उनि बताउछिन् ।
त्यसैगरि झोला बुनाइ समुहकी अध्यक्ष मैँया प्रधानले आफुलाई केन्द्रमा आबद्ध भएपछि रोजगारीका लागि गाउँ नै उपयुक्त भएको बताइन् । सिकाइ केन्द्रबाट धेरै कुराहरु सिक्न पाएकोमा उनि दङ्ग छिन् ।
केन्द्रको समुहले प्रत्येक महिनाको एकपटक बैठक बस्ने गर्दछ । उनिहरुले केही रकम बचत गर्ने गर्दछन् । बचत गरेको रकम उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रयोग गर्ने गरेको केन्द्रकी अध्यक्ष गीतादेवी श्रेष्ठले बताईन ्। समुहले आयमुलक कार्य गर्नुका साथै विभिन्न संघसंस्थाको सहकार्यमा सरसफाई, जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताइन ् । केन्द्रमा आबद्ध महिलाहरुको क्षमता अभिवृद्धिका लागि केन्द्रले विभिन्न गतिविधि गर्ने गरिएको उनले बताइन् ।
अध्यक्ष श्रेष्ठका अनुसार भीमेश्वर नगरपालिकाले प्रत्येक वर्ष १ लाख रुपैँया केन्द्रका लागि विनियोजन गर्ने गरेको छ । तर बजेट पर्याप्त नभएको उनि बताउछिन् ।
२०६८ सालमा स्थापना भएको केन्द्रलाई भुकम्पले प्रभावित बनायो । भुकम्प पश्चात् केन्द्रले गतिबिधी सक्रियता पुर्वक गर्न सकेन । २०७५ सालदेखि सक्रिय रुपमा विभिन्न गतिबिधीका साथै आयमुलक कार्यमा केन्द्रका समुहहरु संलग्न भएको अध्यक्ष श्रेष्ठले बताइन् । पहिला भाडाको कोठामा रहेको केन्द्रको कार्यालय हाल रेडक्रसको उपशाखाको भवनमा रहेको छ । केन्द्र सञ्चालनका भीमेश्वर नगरपालिकाले कुर्सी, टेबल उपलब्ध गरेको छ । दराज र अन्य शैक्षिक सामग्री केन्द्रले नै खरिद गरेको छ । केन्द्रमा निरन्तर सिकाइसंग जोड्न तथा पठन क्षमताको विकास गराउन पुस्तकहरुको संग्रह निर्माण गरेको छ । पुस्तक पढ्न बालबालिकासहित अन्य मानिसहरु पनि आउने गरेको केन्द्रमा कार्यरत कर्मचारी गीता श्रेष्ठले बताइन् ।
समुदायलाई साक्षर बनाई आयआर्जनको बाटोमा हिँडाउनु भीमेश्वर सिकाइ केन्द्रको मुख्य उद्धेश्य हो । केन्द्रले साक्षर जिल्ला घोषणा, खुला दिसा मुक्त घोषणा, बालमैत्री नगर घोषणा, पुर्ण खोप सुनिश्चितता नगर घोषणाका लागि प्रत्यक्षरुपमा सहयोग गरेको कर्मचारी श्रेष्ठले बताइन् ।

Shares

Be the first to comment on "भीमेश्वर सामुदायिक सिकाइ केन्द्रका महिलाहरु आयमुलक क्षेत्रमा संलग्न"

Leave a comment

Your email address will not be published.


*