भीमेश्वर वडा ५ को कार्यालय भवन निर्माण गरिने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर पाँचको कार्यालय भवन हाल कार्यालय संचालन भइरहेको स्थानमानैं निर्माण गरिने भएको छ । हालै वडा समितिको बैठक बाट सो स्थानमा कार्यालय भवन निर्माण गर्ने निर्णय भएको वडा कायालयको भनाई रहेको छ ।
चालु आर्थिक वर्षको बजेटमा भवन निर्माणका लागि पचास लाख रकम विनियोजना गरिएको छ वडाध्यक्ष बासु श्रेष्ठले जानकारी दिनुभयो हाल वडा कार्यालय सञ्चालन भएको स्थानमा २ रोपनी ७ आना सार्वजनिक जग्गा रहेको वडाध्यक्ष श्रेष्ठको भनाई रहेको छ । विगतमा गाविस भवन पनि सोही स्थानमा रहेको थियो ।

Shares

Be the first to comment on "भीमेश्वर वडा ५ को कार्यालय भवन निर्माण गरिने"

Leave a comment

Your email address will not be published.


*