भीमेश्वर मन्दिर करिब पाँच महिनापछि भक्तजनका लागि मन्दिर खुल्ला

 चरिकोट, भीमेश्वर नगरपालिका–२ दोलखा बजारमा अवस्थित भीमेश्वर मन्दिर करिब पाँच महिनापछि खुलेको छ । कोरोनाको रोकथामका लागि गरिएको निषेधाज्ञासगैँ नित्य पुजा बाहेक दर्शनार्थीका लागि बन्द थियो । तर कोरोना न्यूनिकरण हुँदै गएको र जनजीवन सामान्य अवस्थामा फर्किएको अवस्थाको विश्लेषण पछि भक्तजनलाई मध्यनजगर गरी पुर्ण रुपमा सोमबारदेखि मन्दिर खुल्ला गरिएको हो ।
भीमेश्वर मन्दिर पुजा तथा गुठी व्यवस्थापन समितिको निर्णय तथा प्रशासनको अनुमति बमोजिम स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरी मन्दिरको शिला नजिकै गएर पुजाआजा गर्न मिल्ने व्यवस्था गरिएको छ । समितिका सल्लाहकार एवं वडाध्यक्ष विराजमान श्रेष्ठका अनुसार अर्को व्यवस्था जारी नहुन्जेलसम्मका लागि बली दिन भने रोक लगाइएको छ । यद्यपी यो व्यवस्था दशैँमा भने अन्त्य हुन सक्ने उहाँले संकेत गर्नुभएको छ । मन्दिर खोल्नुपूर्व गत २६ गते क्षमा पुजा गरिएको थियो । हिन्दु धर्मका अनुयायीहरुको प्रसिद्ध तथा ऐतिहासिक महत्वको भीमेश्वर मन्दिर खुलेसगैँ दोलखा बजारको पर्यटनले गति लिने तथा मन्दिरको आयस्रोत बढ्ने भन्दै स्थानीय खुशी भएका छन् ।

Shares

Be the first to comment on "भीमेश्वर मन्दिर करिब पाँच महिनापछि भक्तजनका लागि मन्दिर खुल्ला"

Leave a comment

Your email address will not be published.


*