भीमेश्वर मन्दिरमा पुर्व राजा ज्ञानेन्द्र शाहका प्रतिनिधिद्वारा क्षमा पुजा गरियो

चरिकोट(दीस)ः प्रशिद्ध भीमेश्वर मन्दिरमा पुर्व राजा ज्ञानेन्द्र शाहका प्रतिनिधि आएर क्षमा पुजा गरिएको छ । शुक्रबार विहान ९ देखी ११ बजेसम्म पुर्व राजाका पुरोहित भीम कुमार भट्टराई , उपसचिब कुमार श्रेष्ठ , शिव सेनाका प्रबक्ता राम चन्द्र खड्का तथा दोलखाका केही स्थानीय सहित सहभागि भई भीमेश्वर मन्दिरमा क्षमा पुजा गरिएको हो ।“ नागरिक तथा राष्ट्रमा कुनै पनि अनिष्ट नहोस” भनेर क्षमा पुजा गरिएको उक्त पुजामा सहभागि एक प्रतिनीधिले जानकारी दिनु भयो । यही महिना दोलखा भीमेश्वरको शिलामा पसिना आएपछि उक्त पसिना पुछिएको कपास सहित महाप्रसाद लिएर दोलखाबाट बिष्णु थापा, पूरुषतम के.सी,कृष्ण थपलिया , शुभराज विमली लगायतको टोली काठमाडौ स्थित पुर्व राजा ज्ञानेन्द्र शाहको निबासमा जानु भएको थियो । उक्त कपास सहित महाप्रसाद पाएसँगै पुर्व राजा ज्ञानेन्द्र शाहले दोलखा भीमेश्वरमा प्रतिनिधी पठाएर क्षमा पुजा गराउनु भएको छ । त्यसैगरी प्रशिद्ध भीमेश्वर मन्दिरमा तान्त्रिक विधिद्वारा नेवारी समुदायबाट क्षमापूजा गरिएको थियो । तान्त्रिक विधिवाट क्षमापूजा बुधवार गरिएको हो ।क्षमा पुजामा अखण्ड हवन,रुद्री तथा होम गरी क्षमा पुजा गर्ने गरिन्छ । भीमेश्वरको शिलामा पसिना आएपछि राष्ट्रध्यक्षबाट क्षमा पूजा पठाउने परम्परा अनुसारका पूजा भने यस अघिनैं भइसकेको छ । राष्ट्रपति कार्यालयका प्रतिनिधी आएर क्षमा पुजा गर्नु भएको थियो । भीमेश्वरको शिलामा यही श्रावण महिनामा दुई पटक पसिना आएको थियो ।

Shares

Be the first to comment on "भीमेश्वर मन्दिरमा पुर्व राजा ज्ञानेन्द्र शाहका प्रतिनिधिद्वारा क्षमा पुजा गरियो"

Leave a comment

Your email address will not be published.


*