भीमेश्वर बहुउदेश्यीय सहकारीले मनायो २३ औ स्थापना दिवस

धुव्र आचार्य
भिरकोट– दोलखाको तामाकोशी गाँउपालिका स्थीत वडा नम्बर १ मा रहेको भिरकोटमा रहेको भीमेश्वर बहुउदेश्यीय सहकारी संस्था लि. ले २३ औ स्थापना दिवस विहिबार भव्य रुपमा मनाएको छ । पुर्व पर्यटन तथा नागरिक उड्यान मन्त्री एवंम् नेकपाका ३ नं. प्रदेश सचिव आनन्द प्रसाद पोखरेलले केक काटेर कार्यक्रमको उद्धघाटन गरेका थिए । सहकारी जिवनको एउटा महत्वपुर्ण साथी भएकोले समाजमा सहकारीले हरेक गतिविधी संचालन गर्नको लागि गरिव विपन्न जो कोहिको लागि पनि सहकारीले सहयोगी रहेको उनले बताए । दोलखा जिल्लामा बहुउदेश्य सहकारीमा भीमेश्वर सहकारी उदाहरणीय सहकारी भएको पोखरेलले बताए ।
२०५२ सालमा २८ जना सदस्यहरु विचमा श्यामकाजी कटुवालको नेतृत्वमा दर्ता भई स्थापना भएको सहकारीमा हाल ७ हजार ९ सय ६५ जना सदस्य रहेका छन् । स्थानीय जनताका आर्थिक सामाजिक र संस्कृतीक स्तर अभिवृद्धि गर्ने उदेश्यले भिरकोट गाविस मात्र कार्यक्षेत्र रहेको यो सहकारीले हाल तामाकोशी गाँउपालिका वैत्येश्वर गाँउपालिकाको केहि भाग, मेलुङ गाँउपालिका र शैलुङ गाँउपालिकाको केहि भाग र भिमेश्वर नगरपालिकाको केहि भाग कार्यक्षेत्र विस्तार गरि सेवा दिँदै आएको छ ।

दिगो भरपर्दो सुशासनमा रुपान्तरीत संस्था वित्तिय र गैर वित्तिय कारोवारद्धारा व्यवसायकि र सदस्यलाई आत्मनिर्भर बनाउने परिकल्पनाका साथ स्थापन भएको यस रहकारीले आफ्ना सदस्यहरुका लागि १६ प्रकारको ऋण लगानी गर्दै आएको छ । भिमेश्वर सहकारीले प्राकृतिक प्रकोपका कारण कुनै सदस्यको घरमा क्षती पुगे तत्काल रहात स्वरुपम नगद ५ हजार समेत प्रदान गर्नुका साथै भिमेश्वर सुत्केरी सहार भक्ता जेष्ठ सदस्य सम्मान, छात्रवृती, लघुवित्त सेवा, सदस्य सुरक्षाकोष सेवा जस्ता सेवाहरु दिँदै आएको संस्थाका व्यवस्थापक मेघराज घिमिरेले बताए ।

तत्कालिन अवस्थामा समुदायलाई वित्तिय तथा गैर वित्तिय कारेवारबाट सेवा दिने क्रममा संस्थाले दुरदराज सम्म पुगेर सदस्यहरुलाई सेवा दिएकोले संस्थाको हैसियत वढदै गएको र आफ्नो पहिचान बनाउन सफल भएको संस्थाका अध्यक्ष श्यामकाजी कटुवालले बताए । २८ जना सदस्यबाट कारेवार सुरुवात गरेको यस सहकारीले हाल तामाकोशी गाँउपालिका वडा न १ भिरकोटमा २ तल्लाको आफ्नै पक्की भवन निर्माण गरि सेवा दिन थालेको छ ।

सहकारीले आफ्नै करिव ७ करोडको लगानीमा दोलखा जिल्लामानै पहिलो पटक सहकारीले पशुपंक्षी दाना उद्योग संचालन गर्न लागको छ । प्रकृतीक स्रोत र साधनलाई प्रयोगमा ल्याई वैदेशीक रोजगारीमा गएका यूवाहरुलाई स्थानिय तहमानै रोजगारीको अवसर सिर्जना गराउनुका साथै आर्थिक जिवन स्तर उकासने उदेश्यले पशुपंक्षी दाना उद्योग संचालन गर्न लागेको व्यवस्थापक घिमिरेले बताए

 

स्थापना दिवसको अवसरमा पत्रकार महासंघलाई सहयोग ।
भिमेश्वर सहकारी संस्था ले आफ्नो २३ औ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि सहयोग गरेको छ । सहकारीले स्थापना दिवसको अवसरमा रु १० हजार सहयोग गरेको छ । तामाकोशी गाँउपालिका वडा नं १ भिरकोटमा अवस्थित सहकारी संस्थाले स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमका विच संस्थाका अध्यक्ष श्यामकाजी कटुवाल र प्रमुख अतिथि पुर्व संस्कृती पर्याटन तथा नगरिक उड्यान मन्त्री एवंम् नेकपा का प्रदेश ३ सचिव आनन्द प्रसाद पोखरेलले रु १० हजार नेपाल पत्रकार महासंघ दोलखा अध्यक्ष जीवन लामालाई हस्तान्तरण गरेका थिए ।

Shares

Be the first to comment on "भीमेश्वर बहुउदेश्यीय सहकारीले मनायो २३ औ स्थापना दिवस"

Leave a comment

Your email address will not be published.


*