भीमेश्वर प्रवेशद्धार २ वर्षमा निर्माण सम्पन्न हुने

चरिकोट/ईस्वर विक

दोलखाको मुख्य नाकामा निर्माणाधिन भीमेश्वर प्रवेशद्धार २ वर्ष भित्रमा निर्माण सम्पन्न हुने भएको छ । दोलखाको भीमेश्वर नगरपालिका र सिन्धुपाल्चोकको सिमा क्षेत्रमा निर्माणाधिन प्रवेशद्धार विक्रम संम्बत २०७८ सालसम्ममा निर्माण सम्पन्न हुने भएको हो । भिनपा ९को धोद्रेडाँडामा गत २०७५ असार १८ बाट निर्माण सुरु गरिएको प्रवेशद्धारको अहिलेसम्ममा ८० प्रतिशत भन्दा बढी कार्य भइसकेको नगरले जनाएको छ । माथिल्लो तामाकोसीको अत्याधुनिक सामानहरु सहितको सवारी साधन त्यही प्रवेशद्धार हुदैँ आएकाले करिब ५ महिनाको अवधीमा काम रोकिएको थियो । सोही कारणले निर्माण कार्य लक्ष्य अनुरुपको हुन नसेको नगरका प्राबिधिक शाखाका ईन्जिनियर सुरेश राउतले बताए । प्रवेशद्धारमा भीमेश्वर मन्दिरको नमुनायुक्त छानाका साथै आकर्षक बुट्टाहरुको निर्माण गरिने राउतले जानकारी दिए । प्रवेशद्धारमा सवारी साधन र मानिसहरुकालागि छुट्टै बाटो निर्माण गरिनुका साथै डिस्प्ले बोर्ड, कोसेली घर, खाजा घर, बगैँचा, पार्किङस्थल बनाइने उनले बताए । पर्यटन प्रर्वधनका लागि र पर्यटकिय स्थलको सूचना दिने उद्धेश्यका साथ सूचना केन्द्र सहितको प्रवेशद्धार बनाउने योजना नगरले लिएको नगरका प्राविधिक शाखाका ईन्जिनियर रामजी थापाले बताए । प्रवेशद्धारमा जिल्लाको पर्यटकिय स्थलको आन्तिरक तथा बाह्य पर्यटकलाई जानकारी दिइने भएकाले भ्रमण वर्ष २०२० सफल हुने उनले बताए । करिब १ करोड भन्दा माथि लागत लाग्ने सो प्रवेशद्धार गत आर्थिक वर्ष २७ लाख ४४ हजार १ सय रुपैँयाको लागत लाग्ने भनि लागत स्टमेट तयार पारेको थियो । तर जेएस कन्ट्रक्सनसँग २४ लाख ३२ हजारमा बनाउने सम्झौता भएको उनले बताए । जेएएसले २०७६ असार २१ गते सम्झौता अनुसारको काम गरेको थियो । प्रवेशद्धारको कामका लागि चालु आर्थिक वर्ष ५० लाख विनियोजन गरेको भएपनि अपुग भएमा प्रदेश सरकारसँग माग गरिने थापाले बताए ।

Shares

Be the first to comment on "भीमेश्वर प्रवेशद्धार २ वर्षमा निर्माण सम्पन्न हुने"

Leave a comment

Your email address will not be published.


*