भीमेश्वर नगरले किसानलाई मल बाँड्ने

चरिकोट(दीस) ः भीमेश्वर नगरपालिकाले नगरभित्रका किसानलाई रासायनिक मल वितरण गर्ने भएको छ । बागमती प्रदेस सरकारद्वारा सहुलियतमा प्राप्त ७ सय बोरा युरीया तथा ६ सय बोरा रासायनिक मल नगरका नौ वटेै वडाहरुलाई वितरण गरिने भएको हो ।
नगरलाई प्राप्त रासायनिक मल नगर भित्रका कृषि सहकारी, फम तथा कम्पनी मार्फत वितरण गरिने भीमेश्वर नगरपालिकाका कृषि शाखा प्रमुख विष्णु चौलागाईंले जानकारी दिनुभयो । विभिन्न १५ कृषि सहकारी, फर्म तथा कम्पनी मार्फत नौवटै वडाका कृषकलाई उक्त मल सहुलियत दरमा वितरण गरिने भएको उहाँको भनाई रहेको छ । नगरपालिकाका अनुसार सदरमुकाम चरिकोटमा किसानले युरिया मल प्रतिबोरा एकहजार पचास तथा डिएपी मल प्रतिबोरा पच्चिससय रुपैयाँमा पाउने छन् । साथै उक्त परिमाणको मल किसानहरुलाई ज्यादै थोरै हुने भएकोले थप मल पठाउन बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालय हेटौंडा तथा कृषि सामग्री कम्पनी सिन्धुलीसँग आग्रह गरिएको भीमेश्वर नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरले किसानलाई मल बाँड्ने"

Leave a comment

Your email address will not be published.


*