चरिकोट (दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ६ ले वडाका युवाहरुलाई ड्राइभिङ तालिम दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार वडाले इच्छुक युवाहरुलाई सो तालिम प्रदान गर्ने भएको हो । युवा रोजगार सीपमूलक तालिम अन्तर्गत पचास प्रतिशत अनुदानमा वडा भित्रका छनोट भएका युवाहरुलाई सवारी चालक ड्राइभिङ तालिम तथा किसानहरुलाई मिनीटिलर मर्मत तालिम दिन लागिएको कार्यवाहक वडाध्यक्ष भरतप्रसाद खतिवडाले जानकारी दिनुभयो । तालिममा भाग लिन इच्छुक युवाहरुलाई वडा कार्यालयमा आवेदन दिन सूचना प्रकाशित गरिएको उहाँको भनाइ रहेको छ। यसैगरी, पाँच रोपनीभन्दा बढी बाँझो जमिनलाई खेतीयोग्य बनाउन इच्छुक कृषकलाई पनि अनुदान दिइने कार्यक्रम रहेको भीमेश्वर नगरपालिका वडा नम्बर ६ वडा कार्यालयले जनाएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ६ ले वडाका युवाहरुलाई ड्राइभिङ तालिम दिने
Posted By: दीक्षण दैनिक २५ कार्तिक २०८१, आईतवार १४:३९
२७ कार्तिक २०८१, मंगलवार २०:२२
दोलखा तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस
२७ कार्तिक २०८१, मंगलवार १९:५७
दुर्घटनामा परी सहचालकको मृत्यु
२७ कार्तिक २०८१, मंगलवार ११:३४
Epaper 2081/07/27
२७ कार्तिक २०८१, मंगलवार १०:४५
तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै
२७ कार्तिक २०८१, मंगलवार २०:०९
सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल
२७ कार्तिक २०८१, मंगलवार १०:१७
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै
२७ कार्तिक २०८१, मंगलवार १०:३४
Be the first to comment on "भीमेश्वर नगरपालिका वडा नम्बर ६ ले वडाका युवाहरुलाई ड्राइभिङ तालिम दिने"