भीमेश्वर नगरपालिका वडा नम्बर चारमा आँखा शिविर सञ्चालन हुने

चरिकोट(दीस)ःभीमेश्वर नगरपालिका वडा नम्बर चारमा आँखा शिविर सञ्चालन हुने भएको छ । तिलगंगा आँखा प्रतिष्ठान तथा दोलखा लाइन्स आँखा केन्द्रको आयोजनामा भाद्र सात गते आँखा शिविर सञ्चालन हुने भएको हो ।
आधारभूत स्वास्थ्य केन्द्र डबलीका विशेषज्ञ चिकित्सकहरुबाट मोतियाविन्दुको जाँच गरिने भीमेश्वर नगरपालिका वडा नम्बर चारका वडाध्यक्ष तारानाथ चौलागाइँले जानकारी दिनुभयो । चालिस वर्ष माथिका स्थानीयहरुलाई आँखा जाँच गराउन उहाँले आग्रह गर्नु भएको छ । आँखा जाँच पछि अप्रेसन गर्न आवश्यक बिरामीहरुको अप्रेसन समेत गरिने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिका वडा नम्बर चारमा आँखा शिविर सञ्चालन हुने"

Leave a comment

Your email address will not be published.


*