भीमेश्वर नगरपालिका वडा नं. ५ मा सिरक वितरण

इश्वर बिश्वकर्मा

चरीकाेट, फागुन ३०

दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ का ४ सय २ जनालाई ओढ्ने सिरक वितरण गरिएको छ । महाङ्काली घोक्सिला समाज र हिमालय सिमापारी वाणिज्य संघ काठमाडौँको संयुक्त लगानीमा खरीद गरिएको सिरक वितरण गरिएको हो । समाजका अध्यक्ष बासु श्रेष्ठका अनुसार ७० वर्ष माथीका जेष्ठ नागरिक, ६० वर्ष माथीमा दलित जेष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, ६० वर्ष माथीका एकल महिला र ७५ वर्ष माथीका पेन्सनवाला जेष्ठ नागरिकलाई न्यानो कपडा अन्तर्गत फाइबरको सिरक वितरण गरिएको हो ।

शनिबारदेखि सुरु भएको सिरक वितरण कार्यक्रम सोमबार सकिएको हो । जसअनुसार शनिबार किराँतीछापमा १ सय ४२ जना, आइतबार माटीमा १ सय २७ जना र सोमबार विसुन्टोलमा १ सय ३३ जना लक्षित व्यक्तिहरुले कपडामा प्राप्त गर्नुभएको छ । कार्यक्रम घोषणाको गर्दा चुनाव नजिकिएको बेला मतदाता तान्ने खेल भनेर पनि विरोधपूर्ण कुराहरु सुनिएको थियो । तर सोचे अनुरुप सजिलै कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्य चुनावी खुराक नभई नितान्त सामाजिक प्रेम र निस्वार्थ भावनाले आयोजना गरिएको अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिका वडा नं. ५ मा सिरक वितरण"

Leave a comment

Your email address will not be published.


*