भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काको सरुवा

दीक्षण समाचार
चरिकोट, साउन ११
दोलखाको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का सरुवा हुनुभएको छ । सरुवा भई सुस्ता पश्चिमको रामग्राम जान लाग्नुभएका खड्कालाई बुधबार आयोजित एक कार्यक्रम बिच मायाको चिनो प्रदानका साथै खादा माला लगाएर सम्मान गर्दै बिदा गरिएको छ । दोलखा जन्मभूमि रहेका खड्काले नगरपालिकामा साँढे तीन वर्ष प्रमुख प्रशासकीय अधिकृत भई समग्र विकास र साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानको खुलेर प्रशंसा गरिएको छ । नगर उपप्रमुख कमला बस्नेतले खड्काको अत्यन्तै गुणात्मक र परीणात्मक कार्यशैली र कार्य सम्पादनकै कारण नगरपालिकामा जनताले विकास निर्माण तथा परिवर्तनको आभास गर्न पाएको भन्दै तारिफ गर्नुभयो । कर्तव्यनिष्ट र लगनशील भएर काम गरिहँदा खड्काले जनतालाई हरप्रयास सन्तुष्ट पार्नुभएको थियो । खड्का साहित्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । त्यसैले नगरपालिकामा साहित्य र संस्कृतिको क्षेत्रमा विभिन्न कामको जग बसालिएको छ । खड्काले २०७६ चैत्र २३ गते देखि भीमेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो । अन्य पालिकामा ६ महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने गरेको भएपनि नगरपालिकामा भने साँढे तीन वर्षसम्म अधिकृत टिक्नु उदाहरणीय देखिएको छ । खड्का नवलपरासीमा बर्दाघाट सुस्ता पश्चिमको रामग्राम सरुवा भई जान लाग्नुभएको हो । भीमेश्वरमा चितवन रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेल आउने चर्चा चलेको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काको सरुवा"

Leave a comment

Your email address will not be published.


*