भीमेश्वर नगरपालिकाले प्रस्तुत ग¥यो निति तथा कार्यक्रम

ईश्वर विश्वकर्मा
चरिकोट, असार ९
दोलखाको भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरेको छ । सोमबार नगरको पाचौँ सभामा नीति तथा कार्यक्रम भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले प्रस्तुत गरेकी थिईन् ।
उक्त निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योग, खानेपानी, सञ्चार, जलविद्युत र सडक लगायतका विकासका पुर्वाधारलाई जोड दिइएको छ ।
नगरले शिक्षाको विकासमा सर्वोपरी जोड दिने नीति लिएको छ । भीमेश्वर वासीको इच्छा सबैका लागि आधारभूत शिक्षा भन्ने नारालाई सार्थकता दिन सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, प्रविधिमा आधारित शिक्षण विधि उपलब्ध गराउने, विद्यालय पुर्वाधार विकास गर्ने र बालमैत्री पूर्वाधारसहित शैक्षिक सामग्री व्यवस्था गर्ने, सीपमुलक, आयमूलक, प्राविधिक, व्यावसायिक र समावेशी शिक्षा लगायतका शिक्षा सम्बन्धि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । साथै स्थानिय पाठ्यक्रमहरुको तर्जुमा गरी कार्यान्वयनमा ल्याउने नीति भीमेश्वर नगरपालिकाले लक्ष्य राखेको छ ।
नगरले खेलकुदमार्फत पहिचान गर्ने नीति लिइने लक्ष्य राखेको छ । एक वडा, एक खेलमैदान निर्माण, खेलाडीलाई प्रशिक्षण, क्षमता विकास र प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ । नियमित रुपमा खेलकुद आयोजना गरिने जस्ता नीति भीमेश्वर नगरपालिकाले लिएको पनि उपप्रमुख बस्नेतले जानकारी दिइन ।
त्यसैगरी नगरवासीलाई स्वस्थ बनाउन सर्वसुलभ भरपर्दो र गुणस्तरिय स्वास्थ्य सेवामा सबै नगरवासीको पहुँच बढाउने छ । स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन गर्ने, गर्भवती महिला, आमा र नवजात शिशुलाई नियमित स्वास्थ्य परामर्श दिने, स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधारमा ध्यान दिने, स्वास्थ्य संस्था नभएको स्थानमा स्वास्थ्य संस्था स्थापना गरिने, सबै विद्यालयमा फस्ट एड बक्सको व्यवस्था गरिने लगायतका नीति नगरले लिएको छ । साथै प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटलार्ई ५१ सैयाको बनाइने र प्रत्येक वर्ष नगरपालिकालाई पुर्ण खोप सुन्ििरश्चतता गर्दै लाने निति सार्वजनिक गरेको छ ।

समृद्धिका लागि कृषिमा आधुनिकरण र व्यावसायिकरणको निति लिएको छ । बाँझो रहेको खेतबारीको उपयोग गर्र्ने, प्राङगरिक कृषि उत्पादनमा जोड दिने, कृषि उपजहरुको निर्यात बढाउने र स्वस्थ उपभोगलाई प्रवद्र्धन गरिने निति नगरले लिएको छ ।  धार्मिक, सांस्कृतिक, ऐतिहासिक र साहसिक पर्यटनको विकास गरिने नगरको लक्ष्य रहेको छ । एक वडा एक पार्क निर्माण गरिने, वडा न ९ को डाङ्डुङे डाँडामा अन्तराष्टिय चलचित्र नगरी निर्माण लगायतका कार्यक्रम नगरले बनाएको छ ।  रोकौ विदेश जान खोलौ आफ्नै कारखाना निति कार्यान्वयन गर्न भिमेश्वर उन्नत कोषको स्थापना गरि निजी क्षेत्रसँग औद्योगिक लगानीका लागि साझेदारी गर्ने निति लिएको छ ।
उद्यमशिलता विकास गर्ने, संघिय सरकार र प्रादेशिक सरकारसंग समन्वय गरी औद्योगिक ग्राम स्थापना गर्ने, खरिढुङ्गा म्याग्नेसाइट उद्योग सञ्चालनमा आवश्यक समन्वय गरिने छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिने निति नगरको रहेको छ । सहकारीसंग साझेदारीमा नगरवासीको आय वृद्धि गर्ने सहुलियत कर्जा उपलब्ध गर्न पहल गर्ने निति नगरको रहेको छ ।

त्यसैगरि खानेपानी तथा सरसफाइलाई आधारभूत सेवाको रुपमा विस्तार गरिने छ । सार्वजनिक पर्यटकिय स्थलहरुमा शार्वनिक शौचालय निर्माण गरिने छ । नगरपालिकालाई हाम्रो अभिभारा घरघरमा धारा भन्ने नाराका साथ एक घर एक धाराको अभियान सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । आगामी आर्थिक वर्षलाई खानेपानी वर्ष मनाउने र पिउनयोग्य पानीको सहज पहुँच सवै नागरिकमा पु¥याउने लक्ष्य लिएको छ ।
भाषा, लिपी, कला, संस्कृति,सम्पदा, धार्मिक स्थल आदि सांस्कृतिक धरोहरको संरक्षण गरिने, आदिवासी, दलित, जनजाति र अन्य समुदायको परम्परागत सीप र कलाको संरक्षण गर्ने निति भिमेश्वर नगरपालिकाले लिएको छ । त्यसैगरि महिला हिंसा, जातिय भेदभाव र छुवाछुतको अन्त्य गरिने, अपाङ्गता भएका व्यक्तिका लागि लघुउद्यम कार्यक्रमका साथै सम्बन्धित कोषको स्थपना गरिने निति नगरको रहेको छ ।
सडक विस्तारका साथै स्तरउन्नोति गर्ने, यातायात क्षेत्र व्यवस्थित गर्ने, सुचना तथा सञ्चार क्षेत्रलाई व्यवस्थित पार्ने, वन तथा वातावरण संरक्षणका उपायहरु अपनाइने कार्यक्रम प्रस्तुत गरिएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाले प्रस्तुत ग¥यो निति तथा कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*