भीमेश्वर नगरपालिकाले आफ्ना नागरिकको निःशुल्क कोरोना परिक्षण र उपचार गर्ने

ईश्वर बिश्वकर्मा चरिकोट, कार्तिक ४–सरकारले आइतबार बाट लागुु हुने गरी कोरोनाका बिरामीहरुको उपचार स्वयंम व्यक्तिले गर्नुपर्ने निणर्य गरेको छ । यसको सामाजिक सञ्जाल देखि मिडियाबाट समेत चर्को आलोचना भइरहेको बेला दोलखाको भीमेश्वर नगरपालिकाले भने आफ्ना नागरिकको कोरोना परिक्षण र उपचार निशुल्क गर्ने भएको छ ।
नगरको ५९ औँ कार्यपालिकाको बैठकले कोरोनाको लक्षण देखिएका आफ्ना नागरिकको पीसीआर परिक्षण गर्ने निर्णय गरेको छ । संक्रमण पुष्टि भएमा संक्रमितको उपचार खर्च नगरले व्यहोर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमितलाई नगरपालिकाको आइसोलेशनमा राखि उपचार गरिने छ । नगरपालिकाले नागरिकको उपचारको लागि विपद् व्यवस्थापन कोषको रकम प्रयोग गरिने नगर प्रमुख भरत केसीले बताए । नगर भित्रका नागरिकको आइसियुमा तथा भेन्टीलेटरमा उपचारमा लाग्ने खर्च पनि नगरपालिकाले बेहोर्ने निर्णय गरेको नगरपालिका प्रबक्ता हरिबंश चौलागाईले जानकारी दिए । नगरपालिकाले नागरिकप्रति जिम्मेवार बन्दै कोरोना परिक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको हो । जसले गर्दा गाउँ गाउँमा सिंह दरबार भएको र स्थानीय सरकार सुखदुःखमा सारथी र सहयोगी बनेको भन्दै नगरवासी खुसी भएका छन् । “ हामीजस्ता निम्न आयका भएकोले पनि सुरक्षा सतर्कता अपनाउँदा पनि कोरोना लागेमा निशुल्क उपचार पाइने भो ,स्थानीय कृष्ण बहादुर बिश्वकर्माले भने , खुसी लागेको बताए ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाले आफ्ना नागरिकको निःशुल्क कोरोना परिक्षण र उपचार गर्ने"

Leave a comment

Your email address will not be published.


*