भीमेश्वर नगरपालिकामा सात महिला स्वास्थ्य स्वंयसेविका उत्कृष्ट

सम्मानित महिला स्वास्थ्य स्वंयसेविकाहरु

दीक्षण समाचार
चरिकोट, मंसिर १९
दोलखाका सदरमुकाम चरिकोटमा भीमेश्वर नगरपालिकाको आयोजनामा आइतबार १८ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस मनाइएको छ । स्वस्थ जीवनशैली हाम्रो आवश्यकताः संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्स्वंयसेविका भन्ने नाराका साथ दिवस मनाइएको हो ।
समाजमा स्वास्थ्य प्रबद्र्धनको लागि टोलटोलमा खटिने महिला स्वास्थ्य स्वंयसेविकाले कोरोना महामारीको बेला निर्वाह गरेको भूमिका उत्कृष्ट र तारिफयोग्य रहेको बताउनुहुँदै नगर प्रमुख भरत केसीले उक्त योगदानको नगरका साथै समाजले सम्मान र प्रोत्साहन गर्ने सुनाउनुभयो । स्वंयसेवा गर्नु जागिर नभएको बताउँदै उहाँले महिला स्वास्थ्य स्वंयसेविकाले राज्यबाट रकम पाउने आशा नगरी अहोरात्र आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख कमला बस्नेतले बिना स्वार्थ समुदायमा स्वास्थ्य सुरक्षाको लागि निरन्तर खटिने महिला स्वास्थ्य स्वयंसेविकाको प्रशंसा गर्नुभयो । उहाँले नगरपालिकामा स्वंयमसेविकाको योगदानको कारण मातृ तथा बालमृत्युदरमा कमी आएको बताउनुभयो । स्वास्थ्य सम्बन्धि सूचना तथा जानकारी लिएर नागरिकको घरदैलोमा पुग्ने महिला स्वास्थ्य स्वयंसेविकाले महिला हिंसा नियन्त्रणका लागि पनि सन्देश प्रवाह गर्न अनुरोध गर्नुभयो । चाहना भएको खण्डमा सजिलै चुनाव जित्ने र जनप्रतिनिधि भई पालिकाको समेत नेतृत्व सम्हाल्न सक्ने क्षमता भएकोले स्वंयमसेविकाको ध्यान आकर्षित हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

मन्तव्य व्यक्त गर्नुहुँदै नगर उपप्रमुख कमला बस्नेत

कार्यक्रममा विष्णुमाया थामी, लक्ष्मी शिवाकोटी, दुर्गादेवी श्रेष्ठ, नानीकुमारी थापा, राधिका खड्का, कविता दुलाल र रमिला केसीलाई स्वयंसेवामा उल्लेखनीय योगदान पु¥याउनुभएको भन्दै उत्कृष्ट घोषित गरी सम्मान गरिएको छ । उहाँहरुलाई खादामाला लगाई आम्खोरा पुरस्कार स्वरुप प्रदान गरी सम्मान गरिएको हो । उपस्थित अन्य सम्पुर्ण महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान स्वरुप पछ्यौरी वितरण गरिएको छ । नगर उप्रमुख बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुर्जा दाहाल, स्वास्थ्य शाखा संयोजक श्याम खड्का र महिला स्वास्थ्य स्वयमसेविकाहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । हरेक वर्ष पाँच डिसेम्बरमा पर्ने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाइने गरिएको हो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा सात महिला स्वास्थ्य स्वंयसेविका उत्कृष्ट"

Leave a comment

Your email address will not be published.


*