भीमेश्वर नगरपालिकामा महिलासँग उपमेयर कार्यक्रम

चरिकोट (दीस) –दोलखाको भीमेश्वर नगरपालिकाले महिलासँग उपमेयर कार्यक्रम सञ्चालनमा ल्याएको छ । महिलाहरुलाई सशक्तिकरण गरी आयआर्जनमा तल्लीन गराउन यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । चालु वर्ष २०७७÷०७८ मा यस कार्यक्रमका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख कमला बस्नेतले जानकारी दिइन् । दलित महिलालाई जीवीकोपार्जन अन्तर्गत पहिलो चरणमा ६ जनालाई बाख्रापालनका लागि जनही २० हजार रुपैयाँ वितरण गरिएको छ । त्यसैगरी मौसमी खेतीमा पनि सहयोग गरिएको नगर उपप्रमुख बस्नेतले बताइन् । “समाजमा म पनि केही गरेर देखाउन सक्छ”ु भन्ने मनोबल उच्च बनाउने खालका सीपमूलक कार्यमक्रम गर्ने योजना रहेको जानकारी दिँदै उपमेयर बस्नेतले भनिन् । पहिला लक्षित वर्गको आत्मबल दरिलो बनाउनु छ । प्रत्येक वडामा मानव बेचबिखन तथा महिला हिंसा नियन्त्रण समिति निर्माण गरिएको छ । केही हिंसित महिलालाई उपचार गर्न पनि केही रकम व्यहोरिएको छ । पूरा हुन नसकेका थोरै रकम लाग्ने पूर्वाधारका काममा पनि यो बजेट खर्च भएको छ । बालबालिकाहरुका लागि नगरभित्र स्थापना भएका बाल क्लबमार्फत हाजिरी जवाफ, निबन्ध लेखन लगायतका सिर्जनात्मक काममा पनि सहयोग गरिएको उनले जानकारी दिइन् । अपाङग भएका व्यक्तिहरुको परिचयपत्र घरघरमा पुगर वितरण गरिएको छ । ‘गरी खान्छु भन्नेलाई सानो सहयोगको यो पहिलो प्रयास हा,े उपमेयर बस्नेतले भनिन् , सहयोगको दुरुपयोग हुन नदिन निरीक्षण तथा अवलोकन गर्ने गरिएको छ । यसबाट नतिजा राम्रै आए अर्को वर्ष राम्रै बजेटको व्यवस्था गरिने उनको भनाइ छ । असहाय, विपन्न वर्गलाई लक्षित गरी सीपमूलक कार्यक्रममार्फत जीविकोपार्जन गर्न सहज बनाउने नगरको पहिलो लक्ष्य रहेको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा महिलासँग उपमेयर कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*