भीमेश्वर नगरपालिकामा पशु स्वास्थ्य शिविर हुँदै

चरिकोट, पुस १२–दोलखाको भीमेश्वर नगरपालिकामा ४ दिने एकिकृत पशु स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
पालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकको सहजताका लागि ४ दिने एकिकृत पशु स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो । पुस १४ गते वडा नं. १ सुस्पाक्षमावतीमा, १७ गते वडा नं. ५ माटी, २० गते वडा नंं. ८ बोच र २४ गते वडा नं. ९ स्थित दारेगौँडाको वडा कार्यालय परिशरमा शिविर सञ्चालन हुने छ । शिविरमा पशुको स्वास्थ्य परिक्षण, प्राथमिक उपचार, औषधी वितरण, कृत्रिम गर्भाधान तथा पशुहरुको बन्ध्याकरणका साथै अन्य परामर्श सेवाहरु उपलब्ध गराइने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले बताए । आफुले पालेका पशुपन्छीहरु शिविर सञ्चालन हुने स्थानमा ल्याई  मौकाको फाईदा उठाउन पशुपालक कृषकहरुलाई उनले आग्रह गरेका छन् । गाउँ गाउँमा सिंहदरबारको प्रत्याभूति दिलाउन र पशु पालनका लागि आकर्षण बढाउन पशु स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हाे ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा पशु स्वास्थ्य शिविर हुँदै"

Leave a comment

Your email address will not be published.


*