भीमेश्वर नगरपालिकामा नमूना संसद

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १७
दोलखाको भीमेश्वर नगरपालिकामा नगरस्तरीय नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संसदमा सभामुख, सांसदहरु, प्रधानमन्त्री, सत्तापक्ष र प्रतिपक्ष बस्ने गरी युवाहरुले अभ्यास गरे । हेर्दा साँच्चै संघीय संसद र प्रदेश सभा संसदभन्दा कम थिएन ।
हुनत यो स्थानीय तहलाई पनि सरकार भनिन्छ । यसको पनि संघीय र प्रदेश सभा जस्तै संसद चल्छ । तर व्यवहारमा अझै पनि स्थानीय तहले साविकको स्थानीय निकायकै अभ्यास भएकाले संसदको अभ्यास नगरेकाले यो नौलो लागेको हो ।
सोमबारबाट सुरु भएको कार्यक्रममा राज्यको शासन व्यवस्था राजनितिक अवस्था, संसदमा गरिने क्रियाकलाप लगायतका विषयमा जानकारी सहित युवाहरुले संसादिय अभ्यास गरेका थिए ।
कार्यक्रम समापन समारोहमा बोल्दै भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले समाज परिर्वतनको सम्बाहक युवाले आफुले मनपराएको दलमा संलग्न भई नेतृत्व विकास गर्न आग्रह गरिन् । साथै युवाले नेतृत्व क्षमता विकास गरी समुदायमा क्रियाशिल हुन पनि उनले आग्रह गरिन् ।
समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मान बहादुर खड्काले राज्यको शासनव्यवस्था युवालाई जानकारी हुनपर्ने र सरकारले गरेको कार्यमा सहभागी हुनुपर्ने बताए । कार्यक्रममा राज्य सञ्चालनका निम्ति सत्तापक्ष र प्रतिपक्षको भुमिका र संसदमा हुने गतिविधीसम्बन्धमा युवाहरुबाट प्रस्तुति दिइएको थियो ।
संसद चल्ने प्रक्रिया, संसदमा हुने गतिविधी, सत्ता र प्रतिपक्षबिचको भुमिका बिषय जानकारी २ दिने कार्यक्रमबाट सिकेको सहभागी महेश भुजेलले बताए । राजनीतिप्रतिको घृणाको अवस्था आफुबाट हटेको पनि उनले बताए । कार्यक्रमले गरिएको अभ्यासले सकरात्मक भाव सिर्जना भएको छ । सिकेका कुरा अन्यलाई पनि बुझाउने भुजेलले बताए ।
कार्यक्रममा नगरका करिब ६० युवाको सहभागिता रहेको भीमेश्वर नगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत अर्जुन बहादुर कार्कीले बताए । कार्यक्रम भीमेश्वर नगरपालिकाले आयोजना गरेको थियो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा नमूना संसद"

Leave a comment

Your email address will not be published.


*