भीमेश्वर नगरपालिकामा कृषि यान्त्रिकिकरणमा जोड ः मिनिटिलर र थ्रेसर वितरण

ईश्वर बिश्वकर्मा
चरिकोट, फागनु १९
दोलखाको भीमेश्वर नगरपालिकाले कृषि यान्त्रिकिकरणमा जोड दिदैं साेमबार किसानहरुलाई मिनिटिलर र थ्रेसर वितरण गरेको छ ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा १६ वटा हाते ट्याक्टर र ४ वटा थ्रेसर १८ कृषक समुहलाई वितरण गरेको हो ।
पछिल्लो समय गोरु पाल्ने किसानहरुको पनि अभाव हुदैँ गएको छ । जसले गर्दा हलो जोत्ने परम्परा त लोप हुने अवस्थामा रहेको छ । हाते ट्याक्टर पाएपछि सहिजो, सहज र कम खर्चिलो पनि हुने भीमेश्वर नगरपालिका ७ मकैबारीका केदार प्रसाद सुवेदीले बताए ।
उनले व्यसायिक तरकारी खेती र अन्य अन्नबाली उत्पादन गर्दै आएका छन् । उनले भीमेश्वर नगरपालिकाको प्राङ्गारिक खेती अभियानमा सहयोग गर्न ११ रोपनी जमिनमा टनेलमा तरकारी खेती गर्ने योजना रहेको बताए ।
मकैबारीकै ६० वर्षका ज्ञान बहादुर शाहीले नगरपालिकाले कृषि औजार वितरण गरेकोले अन्न उत्पादन गर्नको लागि सहज हुने बताए ।
नगरले फासेलुङ कृषक समुह, अविरल आईपिएम कृषक समुह, नजजागृत कृषक समुह, कर्कले देवी कृषक समुह, किरातीछाप कृषक समुह, सुन्दरीमाई कृषक समुह, पौरखी कृषक समुह, ताजा तरकारी महिला कृषक समुहलाई कृषि औजार वितरण गरिएको छ ।
जुकेदेसी कृषक समुह,कार्की गाउँ कृषक समुह, तरकारी तथा बाख्रा पालन महिला कृषक समुह, अति विपन्न विषेश कृषक समुह, महा लक्ष्मी कृषि तथा पशुपालन कृषक समुह, घरायसी खाद्यान्न उत्पादन कृषक समुहलाई कृषि औजार वितरण गरिएको भीमेश्वर नगरपालिकाकी कृषि शाखाकी कृषि प्राविधिक  सहायक राधिका बुढाथोकीले बताइन् ।
जुनतारा कृषि सहकारी संस्था लि, विष्णुचरण चर्णवती कृषि सहकारी लिमिटेड, पौरखी कृषि सहकारी संस्था लिमिटेडले पनि कृषि औजार प्राप्त गरेका छन् ।
नवजागृत कृषक समुह, सुन्दरीमाई कृषक समुह र कार्की गाउँ कृषक समुहलाई एकएक वटा थ्रेसरमात्र वितरण गरिएको छ । विष्णु चरण चर्णवती कृषि सहकारी संस्थाले १ वटा मिनिटिलर र १ वटा थ्रेसर वितरण गरिएको प्राविधिक सहायक बुढाथोकीले बताइन् ।
भीमेश्वर नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन कृषिलाई यान्त्रिकीकरण गर्ने ध्येयका साथ कृषि प्रबिधी वितरण गरिएको उनले बताइन् ।


कृषि औजार वितरण कार्यक्रममा बोल्दै नगरलाई प्राङगारिक बनाउनका लागि कृषकहरुको महत्वपुर्ण भुमिका रहेकाले तरकारी बाली तथा अन्नबालीमा विषादीको प्रयोग नगर्न आग्रह गरे । कृषि औजारको सहि सदुपयोग गरि कृषि उत्पादन बढाउन कृषकहरुलाई अनुरोध गरे ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा कृषि यान्त्रिकिकरणमा जोड ः मिनिटिलर र थ्रेसर वितरण"

Leave a comment

Your email address will not be published.


*