चरिकोट (दीस) ः अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दोलखाको भीमेश्वर नगरपालिका भित्र वडा कार्यालयमा विनियोजन बजेट निर्माण तथा कार्यान्वयन लगायतका अन्य कार्यक्रमहरूमा अर्थपूर्ण सहभागितामा प्रभावकारी बनाउन नगरपालिकाका ९ वटै वडा सहमत भएका छन् । विहीबार भीमेश्वर नगरपालिकाको हलमा कार्यपालिका सदस्यहरू, कर्मचारी तथा विषयगत शाखाका कार्यालयका प्रमुखसँग बैठकमा उनीहरूले सहमति जनाएका हुन् ।
भीमेश्वर नगरपालिकाको समन्वयमा द एसिया फाउण्डेशनको साझेदारीमा राष्ट्रिय अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाको आयोजनामा “स्थानीय तहमा अपाङ्गता समावेशी विकास परियोजना” अन्तर्गत भएको बैठकमा उनीहरूले सो प्रतिबद्धता जनाएका हुन्। यसैगरी, नगरपालिकाका ९ वटा वडामा योजना तथा तर्जुमा गर्दा वडा तहमा गठन भएको अपाङ्गता समिति र नगरपालिका स्तरीय योजना तर्जुमाका कार्यक्रमहरूमा नगर स्तरीय तहमा गठन भएको अपाङ्गता समितिलाई सहभागिता गराउन जनप्रतिनिधिहरू सहमत भएका अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाका सचिव मखन पाण्डेले जानकारी दिनु भएको छ । उक्त बैठक नगरपालिकाका उपप्रमुख कमला बस्नेतको अध्यक्षतामा तथा नगरप्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो। परियोजनाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई अपाङ्गता भएका व्यक्तिहरूले पैरवी गर्दै आएको छ ।
Be the first to comment on "भीमेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई अर्थपूर्ण सहभागिता गराउन जनप्रतिनिधी सहमत"