भीमेश्वर नगरपालिकाबाट किसानलाई अनुदानमा कृषि औजार वितरण हुने

अम्बिका न्यौपाने
चरिकोट, ९ फागुन

भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्ने भएको छ । किसानलाई आवश्यक मिनी टिलर र थ्रेसर वितरण गर्ने निर्णय समेत भएको हो ।
भीमेश्वर नगरपालिकाको ९ वटै वडामा कृषक समूह र किसान सहकारी संस्थाहरुलाई यस्ता कृषि औजार दिने भएको हो । एउटा कृषक बराबर मिनी टिलरका लागि ३५ हजार र थ्रेसरका लागि ४० हजार अनुदान दिने निर्णय भएको कृषि प्राविधिक राधिका बुढाथोकीले जानकारी दिइन् ।
नगरपालिको गएको माघ २० गते बसेको कार्यपालिकाको बैठकबाट छनौट भएका कृषक समूहहरुलाई नगरपालिकाले तोकेको बैंक खातामा ५० प्रतिशत रकम जम्मा गरेको भौचर सहित फागुन १० गतेसम्म दाबी गर्न आग्रह गरेको उनले जानकारी दिइन् ।
छनौटमा परेका समूहहरुमा भीनपा १ मा मिनी टिलर ३ वटा एउटा थ्रेसर, भीनपा २ मा २ वटा मिनी टिलर, भीनपा ३ मा मिनी टिलर २ वटा, भीनपा ४ मिनी टिलर ४ वटा र थ्रेसर एउटा, भीनपा ५ मा ४ वटा मिनी टिलर र एउटा थ्रेसर, भीनपा ६ मा ३ वटा मिनी टिलर, भीनपा ७ मा ५ वटा मिनी टिलर, वडा नं. ८ २ वटा र वडा नं. ९ मा ३ वटा मिनी टिलर वितरण गर्ने निर्णय गरेको छ । कृषक समूहलाई अनुदान दिने रकम ११ लाख ७० हजार रहेको उनले जानकारी दिइन् ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाबाट किसानलाई अनुदानमा कृषि औजार वितरण हुने"

Leave a comment

Your email address will not be published.


*