भीमेश्वर नगरपालिकाद्वारा दश प्रतिशत घरबहाल कर बुझाउन आग्रह

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले नगर भित्र घर निर्माण गरी संस्थागत भाडा लगायबापत १० प्रतिशत कर तिर्न सूचना जारी गरेको छ । भीमेश्वर नगरको आर्थिक ऐन २०८१ मा ब्यवस्था भए बमोजिम नगरले सो सूचना जारी गरेको हो । सूचनामा भीमेश्वर नगर भित्र घर निर्माण गरी संस्थागत भाडा लगाएमा भाडा रकमको १० प्रतिशत तथा ब्यक्ति वा परिवारलाई भाडा लगाएमा २ दशमलब ५ प्रतिशतले कर बुझाउन भनिएको छ । घरभाडा करसमेत थपिँदा ब्यापार ब्यवसाय चौपट भईरहेको चरिकोट बजारमा ब्यवहारिक रुपमा अभैm घरभडा बढ्ने भएकोले ब्यवसाय अझै खस्कने ब्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

Shares

Dikshan Tv

Dikshan Tv

Be the first to comment on "भीमेश्वर नगरपालिकाद्वारा दश प्रतिशत घरबहाल कर बुझाउन आग्रह"

Leave a comment

Your email address will not be published.


*