भीमेश्वर नगरपालिकाद्धारा विपद्को प्रारम्भिक द्रुत मुल्याङ्कन सम्वन्धि तालिम आयोजना

चरिकोट(दीस) –दोलखाको भीमेश्वर नगरपालिकाको विपद् व्यवस्थापन समितिका सदस्यहरु र नगरपालिकाको प्राविधिक टोलीको क्षमता विकासका लागि विपद्को प्रारम्भिक द्रुत मुल्याङ्कन सम्वन्धि दुई दिने तालिम दोलखा सदरमुकाम चरिकोटमा सुरु भएको छ । यूरोपेली आयोग मानवीय सहायता विभागको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालसँगको साझेदारीमा हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको नेपालको बहुप्रकोप जोखिमयुक्त शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण गरी आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रमको सहजीकरणमा भीमेश्वर नगरपालिकाले तालिमको आयोजना गरेको हो । तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा स्थानीय तहहरुको क्षमता बढाउन सकिएमा विपद्बाट हुने क्षतिलाई घटाउन सकिने बताउँनु भयो । भीमेश्वर नगरपालिकाका प्रमुख भरत के.सी. को अध्यक्षतामा भएको उद्घाटनमा समारोहमा प्रमुख के.सी.ले विपद्बाट हुने क्षतिलाई कम गर्न भीमेश्वर नगरपालिकाले सबै किसिमका अभियान सञ्चालन गर्ने बताउँनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेलले विपद् जोखिम न्युनिकरणका क्षेत्रमा स्थानीय सरकार र नागरिक संस्थाको संयुक्त प्रयास हुन सकेमा विपद् जोखिमलाई घटाउन सकिने बताउँनु भयो । तालिमको सहजीकरण प्रशिक्षकद्धय भोजराज घिमिरे र सन्तोष न्यौपानेले गरिरहनु भएको छ । तालिम भोली सम्म सञ्चालन हुने छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाद्धारा विपद्को प्रारम्भिक द्रुत मुल्याङ्कन सम्वन्धि तालिम आयोजना"

Leave a comment

Your email address will not be published.


*