भीमेश्वर नगरपालिकाको राजस्वमा वृद्धि ः वडा नं ६ बाट बढी संकलन

ईश्वर बिश्वकर्मा
चरिकोट, माघ २६
दोलखाको भीमेश्वर नगरपालिकाको आन्तरिक आय वृद्धि भएको छ । नगरले चालु आर्थिक बर्षको साउनदेखि पुषसम्ममा १ करोड २७ लाख २६ हजार ५ सय ३३ रुपैयाँ आन्तरिक आय संकलन गरेको छ ।
नगरले एकिकृत सम्पत्ति कर, घर बहाल कर, व्यावसाय रजिष्ट्रेशन दस्तुर, नाता प्रमाणित दस्तुर, नक्सा पास दस्तुर लगायतको शिर्षकबाट राजस्व संकलन गरि आयमा वृद्धि गरेको हो ।
भीमेश्वर नगरपालिकाको कार्यालयको तथ्याङ्कअनुसार एकिकृत सम्पत्ति कर २८ लाख २७ हजार १ सय ७३ रुपैयाँ राजस्व संकलन गरेको छ ।
घर बहाल कर अन्र्तगत १२ लाख ३२ हजार २ सय ७६, व्यावसाय रजिष्ट्रेशन दस्तुर बापत १० लाख २७ हजार ७ सय ८० रुपैयाँ संकलन गरेको भीमेश्वर नगरपालिकाका सुचना अधिकारी एवं बरिष्ठ अन्तरिक लेखा परिक्षण अधिकृत जगदिश अर्यालले बताए ।
सरकारी सम्पत्तिको बहालबाट प्राप्त ५ लाख ८४ हजार ४ सय ८८, शिक्षा क्षेत्रबाट ३२ हजार, अन्य प्रधासनिक सेवा शुल्क १ लाख ४५ हजार २ सय, नक्सा पास दस्तुर बापत ५० लाख ९९ हजार ७ सय ७० रुपैयाँ संकलन भएको उनले बताए ।
सिफारिस दस्तुर १५ लाख ६९ हजार ५ सय २०, व्यक्तिगत घटना दस्तुर १३ हजार ९ सय ५०, नाता प्रमाणित दस्तुर ५४ हजार ५०, अन्य दस्तुर ३९ हजार ८ सय ४० र बेरुजुबाट प्राप्त १ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
सबै भन्दा बढी वडा नं ६ बाट संकलन
भीमेश्वर नगरपालिकाको अन्य वडाको तुलनामा वडा नं ६ बाट बढी आन्तरिक आय संकलन भएको छ ।
वडाले विभिन्न शिर्षकबाट १ लाख ३७ हजार ६ सय ३० रुपैयाँ संकलन भएको हो ।
भीमेश्वर नगरपालिकाका ९ वटै वडाबाट एकीकृत सम्पत्ति कर, नक्सा पास दस्तुर, व्यक्तिगत घटनादर्ता, नाता प्रमाणित दस्तुर बापत राजस्व लिइने गरिएको छ । वडा नं ६ मा एकिकृत सम्पत्ति कर ७९ हजार ४ सय ३०, नक्सा पास दस्तुर बापत ५ हजार, सिफारिस दस्तुर ५२ हजार २ सय, व्यक्तिगय घटनादर्ता दस्तुर बापत १सय ५० र नाता प्रमाणित दस्तुर बापत ८ सय रुपैयाँ संकलन भएको वडाले जनाएको छ ।
वडा नं ३ ले १ लाख २७ हजार ७ सय रुपैयाँ संकलन गरेको छ। सो वडाले एकिकृत सम्पत्ति कर ९० हजार ४ सय ४५, नक्सा पास दस्तुर २ हजार ५ सय, सिफारिस दस्तुर ३४ हजार, व्यक्तिगत घटना दस्तुर बापत ३ सय ५० र नाता प्रमाणित दस्तुरबाट ४ सय रुपैयाँ संकलन गरेको वडाले जनाएको छ ।
त्यसैगरी वडा नं एकले ६२ हजार ९ सय ५०, वडा नं २ ले ५६ हजार २ सय ७५, वडा नं ४ ले २८ हजार ६ सय ३०, वडा नं ५ ले ८४ हजार ६ सय ३०, वडा नं ७ ले ५२ हजार ८ सय ६५, वडा नं ८ ले ४७ हजार ४ सय र वडा नं ९ बाट ५३ हजार २ सय ५५ रुपैयाँ संकलन भएको छ। भीमेश्वर नगरपालिकाले सबै वडाबाट कर संकलन गर्न थालेपछि नगरवासीमा कर तिर्नु पर्छ भन्ने भावना विकास भई नगरको आन्तरिक आयमा वृद्धि भएको नगरको कार्यालयले जनाएको छ । नगरले लक्ष्य अनुरुप आन्तरिक आय संकलन हुने आशा राखेको छ ।

Shares