भीमेश्वर नगरपालिकाले मनायो २३ औं स्थापना दिवस

अर्जुन अपवाद
दोलखाको भीमेश्वर नगरपालिकाले २३ औं स्थापना दिवस मनाएको छ ।  ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललले  दिवसको उद्घाटन गरे । मुख्यमन्त्री डोरमणी पौडेलले औपचारिक कार्यक्रममा धेरै समय खर्च गर्न नहुने बताए । अतिथि आसनग्रहणमा मात्रै आधा घण्टा खर्च भएको भन्दै उनले भने “यस्तो त अरु देशमा कतै हुन्न, हाम्रोमा मात्रै किन?“
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले औपचारिक कार्यक्रममा अनावश्यक समय खर्च भइरहेको भन्दै यसलाई व्यवस्थित बनाउनका लागि आफू कार्य्विधि बनाउन लागि परेको बताए । “प्रदेशले औपचारिक कार्यक्रम व्यवस्थापन गर्न कार्य्विधि बनाउँदै छ। जसले औपचारिक कार्यक्रम थोरै समयमा सम्पन्न गर्न आधार मिल्नेछ।“ उनले जनप्रतिनिधीहरुलाई विकासका बारेमा अध्ययन गर्न र उच्चतम प्रतिफल आउने योजनामा लगानी गर्न समेत निर्देशन दिए। विकासमा दोहोरोपन आउन नदिन तथा पहुँचका आधारमा योजना वितरण हुने प्रणालीलाई अन्त्य गर्न योजना व्याङ्क सुरु गर्न लागिएको पनि पौडेलले बताए । भीमेश्वर नगरपालिका वडा नम्बर ९ डाँङडुङे डाँडामा निर्माण गर्न लागिएको  फिल्म सिटीको काम जुनसुकै कारणले रोकिए पनि त्यस्को समस्या पत्ता लगाएर कामलाई अगाडि बढाएमा प्रदेश सरकारले विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जाहेर गरे ।

भीमेश्वर नगरपालिकाका प्रमूख भरत के.सि.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाको प्रोफाइलको विमोचन समेत गरिएको थियो। कार्यक्रममा नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद आयोजनाका विजयी खेलाडी तथा समूहलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा ५ जना पत्रकार चिरञ्जीवि मास्के, रविन्द्र गौतम, जिबन लामा, बाबुराम शर्मा, लक्ष्मण खड्कालाई, ३ जना महिला स्वास्थ स्वयंसेविका, कलाकार मदनदास श्रेष्ठ लगायत नगरपालिकाका उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाले मनायो २३ औं स्थापना दिवस"

Leave a comment

Your email address will not be published.


*