भीमेश्वर नगरपालिकाको पहिलो त्रैमासिकको आन्तरिक आय ५१ लाख

नवराज शिवाकोटी
चरिकोटः
भीमेश्वर नगरपालिकाले आर्थिक वर्षको पहिलो ३ महिनामा करिब ५१ लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको उक्त अवधिमा नगरले कुल ५० लाख ९५ हजार पाँसचय सत्तरी रुपैयाँ राजश्व संकलन गरेको हो ।
चालु आर्थिक वर्षको असोज मसान्त सम्म विभिन्न शीर्षकमा भीमेश्वर नगरपालिकाले कुल ५० लाख ९५ हजार पाँचसय सत्तरी रुपैयाँ छयहत्तर पैशा राजश्व (आन्तरिक आय) संकलन गरेको भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदीश अर्यालले जानकारी दिनुभयो । विभिन्न २१ वटा शीर्षकमा उक्त राजश्व रकम संकलन भएको उहाँको भनाई छ ।
संकलित राजश्व मध्ये भीमेश्वर नगरपालिका कार्यालयबाट २४ लाख ४४ हजार छ सय एकत्तर रुपैयाँ संकलन भएको छ । यसैगरी अन्य वडा कार्यालयहरुमा मार्फत संकलन भएको राजश्व हो । वडागत रुपमा भएको राजश्व संकलनका हिसावले सबैभन्दा बढी राजश्व भीमेश्वर नगरपालिका वडा नम्बर तीनबाट ७ लाख ५ हजार नौसय दश रुपैयाँ तथा सबै भन्दा कम वडा नम्बर चारबाट १ लाख पाँचहजार त्रिसट्ठी रुपैयाँ रहेको छ ।
यसैगरी भीमेश्वर नगरपालिका वडा नम्बर एक बाट १ लाख ८७ हजार नौसय सोह्र, वडा नम्बर दुईबाट ३ लाख ५१ हजार छसय पैतालिस तथा वडा नम्बर पाँच बाट २ लाख ७० हजार एकसय पैतालिस रुपैयाँ राजश्व संकलन भएको भीमेश्वर नगरपालिकाले बताएको छ । यस्तै वडा नम्बर छ बाट २ लाख ४६ हजार तीनसय पैसट्ठी, वडा नम्बर आठबाट १ लाख ७० हजार तथा वडा नम्बर नौ बाट ३ लाख ३ लाख १५ हजार तीनसय दुई रुपैयाँ चालु आर्थिक वर्षको ३ महिनामा आन्तरिक आय संकलन भएको नगरको भनाई रहेको छ ।
एकिकृत सम्पत्ती कर भूमिकर, बहाल कर ,कृषि तथा पशुजन्य वस्तुको ब्यावसायिक कारोवारमा लाग्ने कर, अन्यकर ,सरकारी सम्पतीको बहालबाट हुने आय, अन्य विक्रीबाट हुने आय, विद्युत सेवा शुल्क,अन्य सेवा शुल्क तथा विक्री, न्यायिक दस्तुर, अन्य प्रशास सेवा शुल्क, नक्सापास, सिफरिस, ब्यक्तिगत घटना दर्ता, नाता प्रमाणित लगाय कुल २१ वटा शीर्षक हरुमा नगरपालिकाले राजश्व संकलन गर्ने गरेको भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाको पहिलो त्रैमासिकको आन्तरिक आय ५१ लाख"

Leave a comment

Your email address will not be published.


*