भीमेश्वर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

राजकुमार भुजेल (निर),दोलखा । भिमेश्वर नगरपालिकाले विहिबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को निति तथा कार्यक्रम आज नगरसभामा प्रस्तुत गरिएको हो । भिमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेतले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०८०÷८१ को वार्षिक निति तथा कार्यक्रममा नगरभित्र निर्माणाधिन कभर्डहल , भीमेश्वर रंगशाला , थामी संग्रहालय जस्ता ठूला आयोजनाहरु सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्ने उप्रमुख बस्नेतले बताउनु भयो । ३० वर्ष अवधिकालागि कृषि फम संचालन गर्ने युवाहरुलाई लागतको २५ प्रतिशतसम्म अनुदान दिने ब्यवस्था मिलाईने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नीजि क्षेत्रसँगको साझेदारीमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न चार्जिङ स्टेशनको निर्माण गर्ने, नगरमा शौर्य पार्क निर्माण गर्ने तथा तामाकोसी तेस्रो जलविद्युत आयोजना निर्माणकार्यमा नगरले समन्वयात्मक भूमिका खेल्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै चरिकोट बजारमा निर्माणाधिन ढल ब्यवस्थापनको कार्यलाई आर्थिक वर्ष २०८०÷८१ मा पूर्णता प्रदान गरिने पनि उपप्रमुख बस्नेतले बताउनुभयो । भीमेश्वर नगरपालिका वडा नम्बर एकको राङराङथली क्षेत्रलाई सुनाखरी संरक्षण क्षेत्र घोषित गरी सुनाखरीको संरक्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै नगरपालिकाको निति तथा कार्यक्रममा कृषि , पशुविकास , सिंचाई , पर्यटन , उद्योग वाणिज्य र रोजगारि , सहकारि र वित्तिय संस्था , शिक्षा , स्वास्थ्य , खानेपानि तथा सरसफाई , भाषा संस्कृति तथा ललितकला संरक्षण र प्रवर्दन , खेलकुद तथा मनोरञ्जन , लैङिगक समानता तथा सामाजिक समावेशकरण , जेष्ठ नागरिक , बालबालिका , सडक तथा यातायात , भवन तथा सहरि विकास , उर्जा जलविद्युत , सूचना तथा संञ्चार प्रविधि , विपद् व्यवस्थापन , राजस्व परिचालन लगायत विभिन्न विषयका योजनाहरु पनि समेटिएका छन ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*