भीमेश्वर नगरपालिकाका सम्पूर्ण शिक्षणसंस्थाहरु बन्द

दीक्षण समाचार
चरिकोट, बैशाख १५
दोलखाको भीमेश्वर नगरपालिकाका शिक्षण संस्थाहरु  बिहिबारदेखि बैशाख २५ गतेसम्म बन्द हुने भएको छ । बुधबार बसेको भीमेश्वर नगर शिक्षा समितिको बैठकले बिहीबारदेखि लागु हुने गरी शिक्षणसंस्थाहरुमा भौतिक पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । नगरका शिक्षा शाखा अधिकृत अर्जून बहादुर कार्कीका अनुसार बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी भौतिक रुपमा हुने सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णण् गरेको बताए । विश्वभरी माहामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण दिनानू दिन बढ्न थालेपछि बैशाख २५ सम्ममा नगरका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरिएको हो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाका सम्पूर्ण शिक्षणसंस्थाहरु बन्द"

Leave a comment

Your email address will not be published.


*