भीमेश्वरले सार्वजनिक ग¥यो ८१ करोड बढीको बजेट

नवराज शिवाकोटी,चरिकोटः भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ कोलागि ८१ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आईतवार तेस्रो नगर सभामा उपप्रमुख कमला वस्नेतले सो बजेट सार्वजनिक गर्नुभएको हो । आर्थिक वर्ष २०८०–८१ कोलागि कुल ८१ करोड १२ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको बजेट बक्तब्य प्रस्तुत गर्दै भीमेश्वर नगरपालिकाका उप्रमुख बस्नेतले जानकारी दिनुभयो  । सो बजेट मध्ये कुल बजेटको करिब ६० प्रतिशत (५९.९९) अर्थात ४८ करोड ६७ लाख चालिस हजार चालु तर्फका कार्यक्रम समेतका लागि विनियोजन गरिएको छ । यसैगरी पूँजिगत तर्फ ३२ करोड २० लाख पचास हजार अर्थात कुल बजेटको ३९ दशमलब ७० प्रतिशत र वित्त ब्यवस्थापन तर्फ २५ लाख अर्थात कुल बजेटको शुन्य दशमलब ३१ प्रतिशत विनियोजन गरिएको बजेट बक्तब्यमा उल्लेख छ ।
नयाँ आर्थिक वर्षका लागि प्रस्तावित बजेट मध्ये विकासका विषयगत क्षेत्रहरुतर्फ आर्थिक विकासमा ४ करोड ६८ लाख, सामाजिक विकासमा ४९ करोड ४३ हजार, भौतिक पूर्वाधार विकासमा २५ करोड २७ लाख ५४ हजार, सुशासन तथा अन्तर सम्न्धित क्षेत्रमा १ करोड ७७ लाख ५० हजार तथा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ३९ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।बजेटमा “बाँझो जग्गा फुटाऔँ खेति लगाऔ”, “आस्थासँग जोडौं सम्पदालाई , पदमार्ग खोलौं पर्यटकलाई”,“सबै जग्गामा सिंचाई पु¥या औं, बाँझो जमिनलाई उर्वर बनाऔं” लगायतका आकर्षक नारा राखिएको छ । तर सिमित बजेटबाट बजेटमा उल्लेखित लक्ष्य पूरा हुनेमा शंका रहेको स्थानीय नागरिकको भनाई रहेको छ ।

Shares

Be the first to comment on "भीमेश्वरले सार्वजनिक ग¥यो ८१ करोड बढीको बजेट"

Leave a comment

Your email address will not be published.


*