भीमेश्वर नगरपालिकाले खरिद ग¥यो बादर भगाउने यन्त्र

ईश्वर बिश्वकर्मा÷चरिकोट, असार २०–दोलखाको भीमेश्वर नगरपालिकाले बाँदर भगाउने यन्त्र खरिद गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट शुक्रबार ७५ हजार लागतमा ३० वटा यन्त्र खरिद गरि ल्याइएको हो । उक्त यन्त्रले बाँदर मार्ने वा चोटपटक नलाग्ने तर आवाजकै भरमा भाग्ने भएकाले यन्त्र खरिद गरिएको नगर प्रमुख भरत केसीले बताए । कृषकहरुलाई यन्त्र प्रयोग गर्ने विधीबारे तालिम दिई प्रत्येक वडाको टोलटोलमा वितरण गरिने उनले बताए । त्यसबारे सुरक्षा निकायलाई जानकारी दिएकाले कृषकहरुले यन्त्रको दुरुपयोग गर्न पाउने छैनन् । नगरका विभिन्न क्षेत्रमा करिब ६ बर्ष अघिदेखि बाँदरले खेतबारीमा लगाइएको अन्नबाली नष्ट गर्न थालेपछी कृषकहरु चिन्तित भएका छन् ।बाँदर आंतक धेरै भएको भन्दै नगरमा गुनासो कृषकहरुले गर्ने गरेका थिए । अब भने नगरबाटै बाँदर भगाई बाँदरको आतङकबाट किसान मुक्त हुने नगरले जनाएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाले खरिद ग¥यो बादर भगाउने यन्त्र"

Leave a comment

Your email address will not be published.


*