भीमेश्वरमा पाँच वटा वडाको मत गन्दा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ४
दोलखाको भीमेश्वर नगरपालिकामा शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । शनिबारदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना भईरहेको हो । नौ वटा वडा रहेको पालिकामा एमाले र गठबन्धन दलका उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ । एमालेबाट प्रमुख पदका लागि हरिवंश चौलागाईँ र उपप्रमुखमा कमला बस्नेत उम्मेदवार हुनुहुन्छ । त्यस्तै गठबन्धनबाट प्रमुखका लागि ईश्वरनारायण मानन्धर (कांग्रेस) र उपप्रमुख लागि संगिता पाख्रिन (एकीकृत समाजवादी) उम्मेदवार हुनुहुन्छ । उहाँहरु मध्ये कोको विजयी होलान् भन्ने तीव्र उत्सुकता मतदातामा छ । भने उम्मेदवारहरुमा छटपटी बढ्दो छ । तर धैर्य गरी अन्तिम परिणामको प्रतिक्षामा छन् । मत गणना सुरु भएको पाँच दिनमा पाँच वटा वडाको मत गणना सम्पन्न भएको छ । उक्त नतिजा अनुसार प्रमुखमा ईश्वरनारायण मानन्धरको अग्रता कायमै छ । उहाँले सूरुवात देखि नै अग्रता लिइरहनुभएको थियो । उहाँको पक्षमा चार हजार ८०६ मत प्राप्त भएको छ । उहाँलाई पछ्याइरहनुभएको एमालेका उम्मेदवार हरिवंश चौलागाईँले चार हजार १७ मत पाउनुभएको छ । उपप्रमुखमा अग्रता लिइरहनुभएको कमला बस्नेतले चार हजार ६१ मत प्राप्त गनुभएको छ, भने बस्नेतलाई पछ्याइरहनुभएका संगिता पाख्रिनले तीन हजार ७ सय २८ मत प्राप्त गनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रमुख पदका लागि वडा नं. १ बाट चौलागाईँले सात सय ३४ मत र मानन्धरले १ हजार ३७ मत प्राप्त गनुभएको छ । वडा नं. २ बाट चौलागाईँले सात सय ७२ मत प्राप्त गर्दा १ हजार १२४ मत मानन्धरले प्राप्त गनुएको छ । वडा नं. ३ बाट चौलागाईँले चार सय २ मत र मानन्धरले ८ सय ९१ मत प्राप्त गर्नुभएको छ । चौलागाईँको गृह वडा नं. ४ बाट चौलागाईँले ८ सय १५ मत प्राप्त गर्दा मानन्धरको लागि ५ सय ९९ मत प्राप्त भएको छ । वडा नं. ५ बाट चौलागाईँलाई १ हजार २९४ र मानन्धरलाई १ हजार १५५ मत प्राप्त भएको छ ।

जिल्ला निर्वाचन कार्यालय दाेलखा

उपप्रमुख तर्फ वडा नं. १ बाट बस्नेतलाई सात सय ७ मत र पाख्रिनलाई सात सय ७७ मत प्राप्त भएको छ । वडा नं. २ मा बस्नेतले ८ सय ८८ मत र पाख्रिनले सात सय ९४ मत प्राप्त गनुभएको छ । त्यसैगरी वडा नं. ३ बाट बस्नेतलाई तीन सय ९६ र पाख्रिनलाई सात सय ६९ मत प्राप्त भएको छ । वडा नं. ४ बाट बस्नेतलाई सात सय ३ र पाख्रिनलाई ५ सय ५४ मत प्राप्त भएको छ । वडा नं. ५ मा बस्नेतलाई १ हजार ३ सय ६७ र पाख्रिनलाई ८ सय ३४ मत प्राप्त भएको छ । पालिकामा कुल २६ हजार ८३३ मतदाता रहेकोमा १७ हजार ९ सय १९ मत खसेको अनुमान छ ।

जिल्ला निर्वाचन कार्यालय दाेलखा

पाँच वडामा वडाध्यक्षमा काे निर्वाचित भए ?
भीमेश्वर नगरपालिकाको वडा नं. १ वडाध्यक्षमा नेपाली कांग्रेसका माधव थामी, वडा नं. २ को वडाध्यक्षमा एमालेका स्टालिन श्रेष्ठ, वडा नं. ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका हरिशरण शिवाकोटी निर्वाचित हुनुभएको छ । शिवाकोटी दोस्रो कार्यकालको लागि वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । वडा नं. ४ को वडाध्यक्षमा नेकपा माओवादीका तारानाथ चौलागाईँ र वडा नं. ५ को वडाध्यक्षमा एमालेका बासु श्रेष्ठ निर्वाचित हुनुभएको छ । अहिले वडा नं. ६ को मत गणना जारी रहेको छ ।

Shares

Be the first to comment on "भीमेश्वरमा पाँच वटा वडाको मत गन्दा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता"

Leave a comment

Your email address will not be published.


*