भीमेश्वरको शिलामा पसिना

दीक्षण समाचार (दीस) ः दोलखाः भीमेश्वर नगरपालिका वडा नम्बर दुईको ऐतिहासिक शहर दोलखामा अवस्थित प्रशिद्ध भीमेश्वर मन्दिरको भीमेश्वरको शिलामा पसिना आएको छ । शनिवार दुई पटक शिलामा पसिना आएको हो । पहिलो पटक १ः४७ बजे मन्दिरका टहलुवा काशी नारायण श्रेष्ठले भीमेश्वर शिलामा पसिना आएको देख्नु भएको थियो । १ः४७ बजेट देखि करिब ३ः५० मिनेट सम्म निरन्तर शिलाको बायाँ भागबाट पसिना आएको भीमेश्वर गुठी तथा पूजा ब्यवस्थापन समितिले जानकारी दिएको छ । ३ः ५० बजे पछी केही समय रोकिई ४ बजेर ५ मिनेट देखि करिब ४ः १५ सम्म शिलाको शीरो भागबाट पसिना आएको थियो ।

भीमेश्वरको बायाँ भागबाट पसिना आउनुलाई सर्वसाधारणमा कष्ट हुने संकेतको रुपमा लिइन्छ । यो पटक शिरोभागबाट समेत पसिना आएको छ ।सोही नियमित पूजाआजाको क्रममा मन्दिरका टहलुवा श्रेष्ठले शिलामा पसिना आएको देखेपछि पूजारी तथा गुठियारहरुलाई खबर गरेका थिए । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिरका सबै घण्टा, नगरा बजाएर पसिना आएको जानकारी स्थानीयलाई दिइएको थियो । मन्दिरका पुजारी र गुठियारहरुले शिलालाई चमरले हम्किए, डमरु बजाए, बाजागाजा बजाए र भीमेश्वरलाई कष्ट नहोस् भन्ने कामना गर्नु भएको थियो ।
सार विधिपूर्वक पूजा गरी पुछिएको कपास मन्दिरमा आएका भक्तजनहरुलाई बाँडिएको थियो ।भीमेश्वरलाई पसिना आउँदा गाढा कालो रङको शिला फुस्रो रङमा परिणत हुन्छ । शिलामा पसिनाको मसिना दाना देखिन्छ । विस्तारै पसिनाको मसिना दाना ठुलो हुँदै जान्छ, ती पसिनाका दानाहरु एकापसमा जोडिन्छन् र बग्न थाल्दछ ।भीमेश्वरको शिलामा आएको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने प्रावधान छ । आज राष्ट्रपति कार्यालयमा प्रसादको लिएर जाने दोलखाका संस्कृति विद् शान्तकृष्ण श्रेष्ठले बताउनु भयो । त्यहाँबाट क्षमापूजा पठाइने प्रचलन छ । विधिपूर्वक सो क्षमापूजा गरेपछि संकट टर्ने जनविश्वास छ । नेपालमा गणतन्त्र स्थापना हुनुपूर्व भने राजदरवारमा सो प्रसाद पठाउने प्रचलन थियो ।भीमेश्वरको शिलालाई पसिना आउदा हरेक पटक मुलुकमा कुनै न कुनै ठुलो तथा राष्ट्रिय घटना भएको दावी स्थानीय वयोबृद्धहरुको छ ।

Shares

Be the first to comment on "भीमेश्वरको शिलामा पसिना"

Leave a comment

Your email address will not be published.


*