भीमेश्वरको वार्षिक कार्यक्रम सार्वजनिक

चरिकोटः भीमेश्वर नगरको वार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ । नगरले बुधवार एक समारोहको आयोजना गरी वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।
कार्यक्रम सार्वज्निक समारोहलाई सम्बोधन गर्दै भीमेश्वर नरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले सर्वसाधारणलाई नगरका वार्षिक कार्यक्रमको बारेमा जानकारी होस भनी पुस्तकको रुपमा वार्षिक कार्यक्रम सार्वजनिक गरिएको बताउनु भयो । फोहोर ब्यवस्थापन आफ्नो पहिलो प्राथमिकतामा पर्दै आएकोमा अब नगरको फोहोर ब्यवस्थापन ब्यवस्थित हुँदै गएको उहाँको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्दै भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक खतिवडाले आर्थिक वर्ष २०८०÷ ८१ देखि योजना कार्यन्वयनका क्रममा पहिलो प्रत्येक त्रैमासिक अवधिमा योजनाहरुको कार्यन्वयनको स्थितिको विस्तृत समिक्षा गर्दै अघि बढिने बताउनु भयो । मेयर मानन्धरको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वार्षिक कार्यक्रम पुस्तकको प्रमुख अतिथि धमला, मेयर मानन्धर तथा उपमेयर कमला वस्नेतले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका समन्वय अधिकारी रामप्रसाद न्यौपाने, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु कार्यपालिका सदस्इहरु कार्यालय प्रमुखहरु लगायतको उपस्थिति थियो । यसैगरी सोही कार्यक्रममा भीमेश्वर नगरपालिकालाई पूर्णखोप सुनिश्चित भएको नगर घोषणा गरिएको थियो ।

Shares

Be the first to comment on "भीमेश्वरको वार्षिक कार्यक्रम सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*