भीमबहादुर तामाङ स्मृति दिवस सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा आदर्श पुरुष एवं स्वच्छ छविका नेता भीमबहादुर तामाङको १२ औं स्मृति दिवस मनाइएको छ । नेपाली काँग्रेस दोखलाको आयोजनामा पूजापाठ तथा चियापान कार्यक्रमको आयोजना गरी तामाङको स्मृति दिवस मनाईएको हो ।
नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाको सभापतित्वमा सम्पन्न स्मृति दिवस कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारी, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो । कार्यक्रमका बक्ताहरुले नेपाली राजनीतिमा स्वर्गीय नेता तामाङको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोमा हिँड्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो । सोही कार्यक्रममा रक्तदान पनि गरिएको थियो । स्वर्गीय तामाङको स्मृति दिवसकै अवसरमा साँझ सातडोवाटोमा नेपाल विद्यार्थी संघको आयोजनामा दीपप्रज्ज्वलन कार्यक्रम गरिएको नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष सौगात थापाले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "भीमबहादुर तामाङ स्मृति दिवस सम्पन्न"

Leave a comment

Your email address will not be published.


*