भीनपा १ मा ५० प्रतिशत अनुदानमा मौरी को घार वितरण गरिने

चरिकोट(दीस) ः भीमेश्वर नगरपालिका वडा नम्बर एकले मौरिपालकहरुलाई ५० प्रतिशत अनुदानमा मौरी घार उपलब्ध गराउने भएको हो । वडाले आफ्नो स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत मौरी घार उपलब्ध गराउने भएको हो ।
वडा भित्रका मौरी पाल्न इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी तथा फर्मलाई ५० प्रतिशत अनुदानमा मौरिघार वितरण गर्न लागिएको वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । अनुदानमा मौरी घार लिनेले कम्तिमा पाँच घार मौरी पालन गर्नु पर्ने वडा नम्बर एक वडा कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "भीनपा १ मा ५० प्रतिशत अनुदानमा मौरी को घार वितरण गरिने"

Leave a comment

Your email address will not be published.


*