भीनपाद्धारा कृषिमा १ करोड ९५ लाख बजेट

चरिकोट – भीमेश्वर नगरपालिकाले कृषि उत्पादन बृद्धिका साथै आधुनिक कृषिका लागी अनुदानसहित कृषि कार्यक्रम गरेको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा नगरले नगर भित्रका कृषकहरुलाई कृषि औजार, कृषि बिउबिजन र कृषि जानकारी लगायतका कार्यक्रम सञ्चालन गरेको हो । बैदेशिक रोजगार र अन्य काममा लागेका युवालाई कृषिप्रति आकर्षित गर्न गरिब कृषकलाई कृषि अनुदान वितरण गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले बताए । गत वर्ष ५१ वटा मिनी टिलर र ५ वटा थ्रेसर अनुदानमा किसानलाई वितरण गरिएको उनले बताए । उनका अनुसार गत वर्ष नीति तथा बजेटअनुसार नै कृषि क्षेत्रमा कार्यक्रमहरु गरिएको छ । निःशुल्क माटो परिक्षण, चुना वितरण, विषादी नियन्त्रणका लागी सचेतनामुलक कार्यक्रम गरिएको नगरकी कृषि प्राविधिक सहायक राधिका बुढाथोकीले बताइन् ।
त्यसैगरी पुष्प खेतीका लागी सहयोग, स्थानीय जातका अन्नका मुल बिउ र डाले घाँसका बिउ वितरण लगायतका कृषिजन्य सामाग्रीहरु वितरण गरिएको उनले बताइन् । गत आर्थिक वर्ष कृषि पशुपालन र सिँचाइका लागी १ करोड ८७ लाख २५ हजार विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षमा सम्बृद्धिका लागि कृषिबाली र पशुपालनमा आधुनिकीकरण, विशिष्टीकरण र व्यावसायिकरणको नीती अनुरुप कार्य गरिने उनले बताइन् । नगदेबालीको उत्पादन, पकेट क्षेत्र तथा विषेश बाली तथा पशुपालनको क्षेत्र निर्धारण स्थानिय जातका उत्पादनलाई संरक्षण र प्रबद्र्धन कृषि उपज संकलन व्यवस्थापन गरिने योजना रहेको बुढाथोकीले बताइन् । प्राङगरीक कृषि उत्पादनमा प्रोत्साहन माटो परीक्षण र माटोमा खाद्यतत्वको सन्तुलन कायम व्यावसायिक पशुपालन अनुदान र प्राविधिक सहयोग, कृत्रिम गर्भाधारण लगायत कार्यक्रम गरिने नगर कार्यालयले जनाएको छ । व्यावसायिक रुपमा कृषि तथा पशुपालन गर्ने किसानका लागी कोष स्थापना गर्ने योजना सहित बजेट विनियोजन गरिने नगरपालिकाको कार्यालयले जनाएको छ । कृषिबाली तथा पशुपालन र सिँचाई क्षेत्रमा १ करोड ९८ लाख ४५ हजार विनियोजन गरिएको कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "भीनपाद्धारा कृषिमा १ करोड ९५ लाख बजेट"

Leave a comment

Your email address will not be published.


*