‘भीआईपी जुवाडे’ लाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । महाराजगन्जको एक घरबाट जुवा खेलिरहेको अवस्थामा समातिएका २५ जुवाडेलाई थप २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार प्रशासनमा उपस्थित गराइएका २५ जना उनीहरुलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एकमुष्ट ७ दिनको म्याद दिएर अनुसन्धान प्रक्रियालाई अघि बढाउन अनुमति दिएका हुन् । उनीहरु पक्राउ परेको ५ दिन बितिसकेको छ भने अब २ दिनमा प्रहरीले अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ ।
यसैबीच बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका जुवाडेमध्येका १४ जनाको रिटमा बिहीबार सुनुवाइ हुँदैछ । तिहारको बेला जुवा खेलिरहेको अवस्थामा २५ जुवाडे २ करोड ६७ लाखसहित पक्राउ परेका थिए । पक्राउ पर्नेमा केही भीआइपी जुवाडे समेत रहेका छन् ।

Shares

Be the first to comment on "‘भीआईपी जुवाडे’ लाई थप दुई दिन हिरासतमा राख्न अनुमति"

Leave a comment

Your email address will not be published.


*