भिमेश्वर नगरपालिकाको अगुवाईमा बाहिर जिल्लाका अलपत्र कामदार पठाइयो

चरिकोट(दीस) –दोलखाको भिमेश्वर नगरपालिकाले नगरपालिका भित्र रहेका बाहिर जिल्लाका अलपत्र कामदारलाई आज बस रिर्जभ गराएर पठाएको छ । नगरपालिकाको अगुवाईमा एक १सय ५० भन्दा वढी अलपत्र कामदार पठाएको हो । रुकुम ,दाङ सल्यानका कामदारलाई नगरपालिकाको अगुवाईमा उनीहरुलाई खाजा र पानीको व्यबस्था गरी पठाइएको नगरपालिकाका प्रबक्ता हरिवंश चौलागाईले जानकारी दिए । नगरपालिकाले ३ वटा बस तथा एउटा सुमोमा रिर्जभ गरेर पठाएको उनले जानकारी दिए । आज नगरपालिकाले अलपत्र कामदारलाई खाना समेत खुवाएको उनले जानकारी दिए । अलपत्र कामदारले घर जान नगरपालिकामा अनुरोध गरेपछि उनीहरुलाई पठाउने काम गरेको उनले बताए ।

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिकाको अगुवाईमा बाहिर जिल्लाका अलपत्र कामदार पठाइयो"

Leave a comment

Your email address will not be published.


*